काठमाडौं । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महानगरपालिकाबाट बालेन शाह, धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ राइ, धनगढी उपमहानगरपालिकाबाट गोपाल हमाल लगायत विजयी भए । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै गर्दा उनीहरूले जित्लान् भन्ने धेरैलाई लागेकै थिएन ।
खासगरि स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवारी दिएकाहरूले स्वतन्त्र उम्मेदवारलाई आफ्नो प्रतिस्पर्धीको रुपमा लिएका पनि थिएनन् तर देशभर तीन सय ८५ जना स्वतन्त्र उम्मेदवार जनप्रतिनिधिको रुपमा निर्वाचित भए ।
यसैलाई आधार बनाउँदै सङघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा, स्वतन्त्र उमेद्वारी घोषणा गर्ने र नयाँ पार्टी बनाउनेहरूको लहर देखिएको छ ।मंसिर पहिलो साता भित्र संघ र प्रदेशको निर्वाचन गरिसक्ने तयारी सरकार र निर्वाचन आयोग दुबैले गरिरहेका छन् । तर मिति भने घोषणा भइसकेको छैन । मिति नै घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारीको घोषणा गर्नेहरू भने बढिरहेका छन् ।
खासगरि स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवारी दिएकाहरूले स्वतन्त्र उम्मेदवारलाई आफ्नो प्रतिस्पर्धीको रुपमा लिएका पनि थिएनन् तर देशभर तीन सय ८५ जना स्वतन्त्र उम्मेदवार जनप्रतिनिधिको रुपमा निर्वाचित भए ।
स्वतन्त्र रुपमा उमेद्वारी घोषणा गर्नेहरुको सङ्ख्या बढिरहेका बेला, अघिल्लो हप्ता रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभयो । प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने तयारीमा रहनुभएका लामिछानेले दल दर्ता गर्ने प्रक्रियामा रहनुभएको छ । युवाहरू स्वतन्त्र रुपमा राजनीतिमा आउन खोज्नु र त्यस्ता युवालाई सेमेट्ने गरी दल घोषणा गर्नुलाई धेरैले स्वभाविक भनेका छन् ।
दोलखाका पुष्प खड्का पुराना अनि ठुला भनिएका दलको कार्यशैलीका कारण स्वतन्त्र उठ्न चाहनेहरूको सङ्ख्या बढिरहेको बताउनुहुन्छ । ‘देशको प्रधानमन्त्रीदेखि पार्टीको प्रमुखसम्म पाका नेताहरूले मात्रै स्थान लिने, नेतृत्व हस्ताण्तरण गर्न नचाहने’ खड्का थप्नुहुन्छ, ‘कार्यशैली पनि नफेरिएपछि विकल्पको रुपमा स्वतन्त्रहरू अघि बढेका हुन् ।’
खड्कासँग महोत्तरीका सङ्घर्ष दाहाल पनि सहमत हुनुहन्छ । व्यवस्था फेरिए पनि नागरिकको अवस्था नफेरिएका कारण दलहरू प्रतिको भरोसा घटेको उहाँको दाहालको बुझाई छ । २०७४ को स्थानीय तह निर्वाचनबाट देशभर एक सय ३१ जना स्वतन्त्र उम्मेदवार विजयी भएकोमा यसपाली झण्डै तेब्बर धेरै अर्थात ती सय ८५ जना विजयी भएका छन् ।
बागलुङका कृष्ण बोहरा पुराना दलहरूको विकल्पको रुपमा स्वतन्त्रहरू अगाडी आएको बताउनुहुन्छ । ‘सङ्घ र प्रदेशको निर्वाचनकालागि स्वतन्त्र उम्मेदवारी दिनेहरू बढिरहेको देखिन्छ, तर दलिय व्यवस्था भएको नेपालमा स्वतन्त्रलाई काम गर्न गाह्रो होला’ बोहराको अुनमान छ ।
काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५ र ८ मा स्वतन्त्र उम्मेदवारले प्रतिनिधीसभा चुनाबका लागि उमेद्वारी घोषणा गरिसकेका छन् ।
राजनीतिमा स्वतन्त्र उम्मेदवारका रुपमा युवाको प्रवेशलाई कतिपयले पुराना दलकालागि चुनौती रहेको बताउँदै गर्दा नेताहरू भने यसलाई स्वीकार गर्न तयार छैनन् । माओवादी केन्द्रका नेता दिनानाथ शर्मा राजनीतिमा युवाको उपस्थितीलाई सकारात्मक मान्न सकिने बताउनुहुन्छ ।
‘तर राजनीतिक दल कामै नलाग्ने भए भन्ने कुरामा चाँही सहमत हुन सकिदैन’ सीआईएनसँग कुराकानी गर्दै नेता शर्माले भन्नुभयो । काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५ र ८ मा स्वतन्त्र उम्मेदवारले प्रतिनिधीसभा चुनाबका लागि उमेद्वारी घोषणा गरिसकेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भने राजनीतिमा स्वतन्त्र उम्मेदवारी दिने युवाहरूको सङ्ख्या बढ्नुलाई दलहरूले चुनौतीको रुपमा लिनुपर्ने बताउनुभयो । ‘राजनीतिमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढ्नु, स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुनु भनेको दलहरू सच्चिने बेला आएको हो भनि बुझ्नु हो ।’ राजनीतिक दल र नेताहरूको आचरण, कार्यशैली नफेरिए स्वतन्त्रहरूको सङ्ख्या बढि हुनसक्ने तर्फ सचेत हुनुपर्ने थापाको भनाइ थियो ।
राणा शासनको अन्त्यदेखि नेपालको संविधान जारी गर्ने काम राजनीतिक दलले नै गरेको भए पनि पद र सम्मानको लोभमा नेताहरू फसेकै कारण अहिलेको यो अवस्था आएको एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यकोे बुझाइ छ । देशमा प्राप्त भएका उपलब्धीहरू राजनीतिक दलकै कारण सम्भव भएको बताउँदै शाक्यले भन्नुभयो ‘नेताहरू पद र सम्मानको लोभमा लाग्न थाल्नुभएको छ’ यसकै कारण यो अवस्था आएको हो ।
यसलाई मुलधारका भनिएका राजनीतिक दलहरूले सामान्य रुपमा लिन नहुने विज्ञहरू बताउँछन् । तर लोकतान्त्रिक पद्धतिमा नयाँ पार्टी खोल्ने सहित स्वतन्त्र उम्मेदवार बन्ने विषय नौलो भने नभएको उनीहरूको भनाइ छ ।
विश्लेषक गेजा शर्मा वाग्ले पछिल्लो समयको यो लहरलाई दल र नेताले भने सामान्य रुपमा लिन नहुने बताउनुहुन्छ । सीआईएनसँग कुराकानी गर्दै वाग्लेले भन्नुभयो, ‘मतदाताहरू राजनीतिक दलको विकल्प खोजिरहेका छन् त्यसैले दलहरू सच्चिनुपर्ने अवस्था आइसक्यो’ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, १४:२७