काठमाडौं । उत्पादन र खपतका दृष्टिले नेपाल परनिर्भर मुलुक हो । सियोदेखि नुनसम्म, बिरारी हुँदाको औषधिदेखि लगाउने लुगासम्म विदेशबाट ल्याईन्छ । जसका लागि बर्सेनि खर्बौ रूपैयाँ बाहिरिन्छ । सरकारले खरिद गर्ने लत्ताकपडा, खाद्यान्न, सवारी साधान, इन्धन लगायत सामग्री आयातका लागि खरबौं रुपैयाँ खर्चिनका लागि विदेशी मुद्रा त्यसमा पनि अमेरिकी डलको आवश्यकता पर्छ । तर, सरकारसँग भएको विदेशी मुद्रा कोषको रकम रित्तिन थालेको छ ।
वर्षमा झन्डै १४ खर्ब ६६ अर्बभन्दा बढीको सामान आयात गर्ने नेपालले इन्धन मात्रै लगभग २ खर्ब १८ अर्बभन्दा बढीको किन्छ ।
नेपालमा प्रयोग हुने दैनिक उपभोग्य वस्तु अन्य बिलासिताका सामग्री मध्य ९० प्रतिशतभन्दा बढी आयात हुने गरेको छ । वर्षमा झन्डै १४ खर्ब ६६ अर्बभन्दा बढीको सामान आयात गर्ने नेपालले इन्धन मात्रै लगभग २ खर्ब १८ अर्बभन्दा बढीको किन्छ । जसले गर्दा सरकारसँग भएको विदेशी मुद्राको सञ्चिति घट्न अब सकिन धेरै समय लाग्दैन । कारण, एक त नेपाल आयल निगम घाटामा छ अर्को सरकारले घोषणा गरेका कुनैपनि आत्मनिर्भर हुने लक्ष्य पूरा हुन सकेको छैन ।
मुलुकले आयात गर्ने वस्तुको मूल्य विश्व बजारमा बढ्दै गएको छ । २ वर्ष अघि १ सय ११ रुपैयाँ पर्ने पेट्रोलको मूल्य अहिले १ सय ७९ रुपैयाँ पुगेको छ । इन्धन मात्रै होइन अन्य उपभोग्य वस्तुको पनि मूल्य विश्व बजारमा आकासिएको छ । तर, सबैभन्दा बढी आयात हुने इन्धनले गर्दा सरकारको विदेशी मुद्रा सञ्चितिलाई ओरालो लगाउँदै गएको छ ।
इन्धन दैनिक जीवन चलाउनका लागि अपरिहार्य बनेको छ । तर, त्यही इन्धनको मूल्य पछिल्लो एक वर्षमा एक सय १७ प्रतिशतले बढ्यो । दुई वर्षअघि एक खर्ब ९३ अर्बको इन्धन आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनाको अविधमा २ खर्ब १८ अर्बको इन्धन आयात भएको छ ।
अर्थ क्षेत्रका एकजना जानकार डा.चिरञ्जिी नेपालका अनुसार सरकारले सरकारले खरबौं मूल्य बराबरको इन्धन खरिद गर्छ । बर्सेनि खरिद गरिने इन्धनका लागि सरकारले विदेशी मुद्राको प्रयोग गर्छ । तर, त्यहि विदेशी मुद्राको सञ्चिति पछिल्लो समय घट्दै गएको छ । जसले नेपालको अर्थतन्त्रालाई प्रभावित बनाउँछ ।
उहाँले नेपालमाथि अहिले १८ खर्बको हाराहारीमा वैदेशिक ऋण रहेको छ भने सरकारले आयातलाई दुरुत्साहन गर्ने रणनीति लिएपनि अझै १४ खर्बभन्दा बढीको वस्तु आयात भइरहेको भन्दै यसले भोलिको दिनमा मुलुकलाई ठूलो आर्थिक सङ्कटमा धकेल्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेपालले भन्नुभयो, ‘सरकारले सबैभन्दा बढी इन्धन खरिदका लागि विदेशी मुद्राको प्रयोग गर्दै आएको छ । हुन त नेपालले ९० प्रतिशतभन्दा बढी सामान आयात गरेरै विदेशी मुद्रा सकाउँदै आएको छ । भएको विदेशी मुद्रा पनि सकिँदै गयो भने नेपाल र नेपाली नागरिकले कसरी जीविकोपार्जन गर्छ भन्ने चिन्ता कसैले गरेको देखिँदैन ।’
कोरोना महामारी, रुस–युक्रेनबीचको युद्ध, डलरकोभन्दा रुपैयाँ कमजोर लगायतका कारणले पनि सरकारसँग अब ६ महिनालाई मात्रै पुग्ने विदेशी मुद्रा रहेको छ । सरकारसँग हाल करिब साढे १२ खर्ब बराबरको विदेशी मुद्रा सञ्चित छ । जसले बढीमा चारदेखि पाँच महिनालाई आयात धान्न सक्छ ।
दुई वर्षको अवधिमा नेपालमा इन्धनको खपत पनि २१ प्रतिशतले बढेको छ । सरकारले इन्धनको खपत कम गर्नका लागि विभिन्न योजना बनाए पनि त्यो प्रभावकारी हुन देखिएको छैन । जसले नेपाली अर्थव्यवस्थालाई धरासयी बनाउने चिन्ता बढाएको छ ।
मुलुकको अर्थतन्त्रका लागि सरकारले मात्रै सोचेर हुँदैन त्यसका लागि सर्वसाधारण स्तरबाटै काम गर्नुपर्ने हुन्छ । अनावश्यक रुपमा खर्च गर्ने, विदेश यात्रामा जाने, रेमिट्यान्सको दर घट्नुले अर्थतन्त्र थप जोखिममा पर्न सक्छ । त्यसैले सर्वसाधारणले पनि यसतर्फ ध्यान दिनुपर्छ ।’
डा.नेपाल थप्नुहुन्छ, ‘मुलुकको अर्थतन्त्रका लागि सरकारले मात्रै सोचेर हुँदैन त्यसका लागि सर्वसाधारण स्तरबाटै काम गर्नुपर्ने हुन्छ । अनावश्यक रुपमा खर्च गर्ने, विदेश यात्रामा जाने, रेमिट्यान्सको दर घट्नुले अर्थतन्त्र थप जोखिममा पर्न सक्छ । त्यसैले सर्वसाधारणले पनि यसतर्फ ध्यान दिनुपर्छ ।’
विदेशी मुद्राको सञ्चिति घट्दा नेपालले बाहिरबाट कुनैपनि वस्तु आयात गर्न सक्दैन । नेपालमै उत्पादन हुने वस्तुका लागि कच्चा पदार्थ, खाद्यान्न, इन्धन लगायतका वस्तु आयात गर्न नसके पछि नेपालको अवस्था श्रीलङ्काको जस्तै हुन सक्छ । तर, हामीसँग समय भएकाले बेलैमा त्यसलाई सुधार्न तर्फ सरोकारवाला र उपभोक्ताले विषेश ध्यान दिन आवश्यक रहेको अर्थ क्षेत्रका जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९, १४:३८