काठमाडौँ । जनता समाजवादी पार्टी (जसापा) नेपालले सरकारमा रहेका आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागीमध्ये तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निणर्य गरिएको जसपाका नेता प्रमोद कुमार गुप्ताले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाउने निणर्य भएको हो ।
गुप्ताका अनुसार अब कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मा मृगेन्द्र सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रालयमा प्रदीप यादवलाई पठाउने निणर्य भएको छ ।
नयाँ मन्त्रीहरूको शपथ ग्रहण सम्भवतः आजै हुने पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९, ०८:२१