बाग्लुङ । पिँढीको एउटा कुनामा एकाबिहानै रेडियो बज्न थाल्छ, अनि सुरू हुन्छ जैमिनि नगरपालिका– ५ बिनामारेका कृष्ण बोहराको दैनिकी । त्यही दैनिकीसँग जोडिएका छन्, गाई, भैँसी, बाख्रा र कुखुरा । अनि उनै हुन् बोहराको सुख दुखको साथी ।
कालीगण्डकी करिडोरको जैमिनी घाटबाट झण्डै आधा घण्टाको उकालो बाटो पैदल हिडेपछि बोहराको घर पुगिन्छ । यो बाटो हुँदै बिनामारे स्कुल र माइस्थान मन्दिर जानेहरूलाइ कृष्णको आगन छिचोलेर हिड्नुपर्छ ।
ढुङ्गाले छाएको एकतले घर चिटिक्क देखिन्छ । गोठ गाईबस्तुले भरिएको छ, बारी तरकारीले । आफ्नै पखेरामा पाखुरा बजर्दा मिल्ने खुशीको झलक कृष्णको अनुहारमा हेर्न पाइन्छ ।
ढुङ्गाले छाएको एकतले घर चिटिक्क देखिन्छ । गोठ गाईबस्तुले भरिएको छ, बारी तरकारीले । आफ्नै पखेरामा पाखुरा बर्जादा मिल्ने खुशीको झलक कृष्णको अनुहारमा हेर्न पाइन्छ । कहिलेकाहीँ एक्लो महशुस हुँदा तिनै गाईबस्तुसँग कुराकानी गर्नुहुन्छ । कृष्णलाई लाग्छ, फलफुल तरकारीका बोटले समेत उहाँका दुःख सुनिदिन्छन् ।
बैदेशिक रोजगारीबाट फर्केर कृषि
हाल ४२ बर्षे कृष्णले १५ बर्ष बैदेशिक रोजगारीमा बिताउनुभयो । रोजगारीको शिलशिलामा कतार, माल्दिभ्स, भारत लगाएत देशका तातो घाममा पसिना बग्यो, तर फर्किएर आफ्नै गाउँको शितल हावा र माटोमा पसिना बगाउँदा जति आनन्द कहिल्यै आएन ।
सङ्घर्ष गर्ने उमेर बिदेशमा बिताए पनि कृष्ण घर फर्कदा रित्तो हात फर्किनुर्भको थियो । विदेशमा कमाइ सोचे अनुसारको नभएपनि आफ्नै माटोमा केही गर्ने आँट र शाहस भरिएको थियो । कृष्णलाई आफ्नै माटोमा गरेको मिहेनतले अब भने सफलताको बाटो देखाएको छ ।
‘२०४५ सालमा एसएलसी सकेँ, राजनितिक अवस्थाले त्यतिबेला पढ्ने वातावरण नै दिएन अनि पैसा कमाउन भारत पसेँ ।’ बिगत सम्झिँदै कृष्ण भन्नुहुन्छ, ‘तर रोजगारीकै लागि विभिन्न देशमा पुगेपछि लाग्यो सबैभन्दा खुशी त आफ्नै माटोमा मिल्ने रहेछ ।
‘आफुसँग जमिन थिएन, बाँझो जमिन छोडेकाहरूसँग मागेर थोरै थोरै खेती गर्न गर्न थालेको अहिले त जे पनि यही बारीमा फलेको छ ।’
‘आफुसँग जमिन थिएन, बाँझो जमिन छोडेकाहरूसँग मागेर थोरै थोरै खेती गर्न गर्न थालेको अहिले त जे पनि यही बारीमा फलेको छ ।’ लटरम्म टमाटर, काँक्रा, चिचिन्डा र करेला देखाउँदै उहाँले भन्नुभयो । उहाँले पाँच कट्ठा जमिनमा व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ ।
सामाजिक पहिचान पनि फेरिदै
समयसँगै अहिले कृष्णको ब्यावसायिकता पनि बढेको छ । अनि समाजले हेर्ने नजर पनि । ‘सुरुमा एउटा टनेल लगाउन पैसा नभएर कतिसँग हात जोडियो, पत्याउने मान्छे थिएन ।’ उहाँ भन्नुहुन्छ, ‘अहिले केही चाहिए भन है भन्ने मान्छे कमाएको छु ।’
कुनै समय मदिराको लतले बिग्रिएको पहिचान अहिले कृषि कर्मले फेरि फर्काईदिएको छ । कृष्णलाई सबैभन्दा ठुलो सफलता यही हो जस्तो लाग्छ । ‘पारिवारिक कारणले पनि म बिक्षिप्त थिएँ, कहिले गलत बाटोमा लागेछु थाहै भएन । अहिले सबै बिर्सिएर यो आनन्दमा छु, घरीघरी यो सब सपनाजस्तो लाग्छ ।’ शब्द नसक्नै उहाँको मुहारमा उज्याले भरिन्छ ।
बाटैमा घर छ, आउने जाने बोलाउँदै हिँड्छन्, खेतिपातीको अवस्था सोध्छन् । ‘चाहिनेले तरकारी टिपिदिनु है फर्किदा लैजान्छु भन्छन् । साह्रै खुसी लाग्छ ।’ उहाँ भन्नुहुन्छ । अहिले समाजमा कृष्णको छुट्टै प्रतिष्ठा छ ।
युवालाई प्रेरणा
गाउँमा भविश्य नदेखेर युवाहरू बिदेशिने क्रम रोकिएको छैन । दैनिक सरदर एक हजार युवा जहाज चढेर काम खोज्दै खाडीको तातो घाममा पुग्छन् । विदेशको तितो अनुभवले अघाएका कृष्ण भने गाउँमै खुसी देख्नुहुन्छ ।
‘कोही आउँछन् कति कमाई हुन्छ, भनेर सोध्छन् । मैले राम्रो छ भनेर बताईदिन्छु ।’ उहाँ सुनाउनुहुन्छ, ‘हिजो पानी समेत नपुग्ने ठाउँमा अहिले मैले तरकारी फलाएको देख्दा चकित पर्छन् । अनि काम गरे त हुने रहेछ भन्दै फकिन्छन् ।’
हिजो पानी समेत नपुग्ने ठाउँमा अहिले मैले तरकारी फलाएको देख्दा चकित पर्छन् । अनि काम गरे त हुने रहेछ भन्दै फकिन्छन् ।’
रोजगारीका लागि सहर बसेकाहरूपनि गाउँ फर्किदा कृष्णको करेसा घुमेर फर्किने गरेका छन् । ‘म नि यतै आएर खेती गरम कि दाई भन्दै जिस्छन् । मैले किन नहुनु ? भनिदिन्छु ।’ उहाँले भन्नुभयो । कृष्णको यो मिहनत यो गाउँका कयौं युवाहरूको लागि प्रेरणा बनेको छ ।
उत्पादन बढ्यो तर बजारको चिन्ता
कृष्णको बारीबाट हाल दैनिक १५ देखी २० किलोसम्म तरकारी उत्पादन हुन्छ । करेला, घिरौला, चिचिन्डो, गोलभेडा, काउली, बन्दा, भेन्टा, लौका, फर्सि, काक्रो, खुर्सानी तथा तरकारीका बिरुवाहरू उहाँको बारीमा पाइन्छ ।
उत्पादन भएका मध्य हरिया तरकारीहरू कहिले त्यसै खेर जान्छन् । यो महिना मात्रै झण्डै १ लाखको गोलभेडा कुहिएर खेर गयो । गाउँको सानो छ । उत्पादन बढ्दै जाँदा बिक्रि घट्दै जाला कि भन्ने चिन्ता पनि उत्तिकै छ । अहिलेका मौसमी तरकारीहरू अधिकांश खेर जान्छन् । गाउँमै बिक्रि गर्दा आम्दानी धेरै हुँदैन ।
उहाँले तरकारी खेतीमा हालसम्म आठ लाख बढी लगानी भईसकेको छ । अनि आम्दानी हुन्छ मासिक १० देखी १५ हजार मात्र । उत्पादन सबै बिक्रि भए आम्दानी पनि बढ्थ्यो ।
एक समय उत्पादनले गाउँकै माग धान्न मुस्किल थियो । तर अहिले लगानी र मिहनतले उत्पादन बढे पनि बजारको अभाब छ । बिनामारेको नजिकको बजार भनेको पालिकाको केन्द्र कुस्मिसेरा हो । तर ठुलो बजार नभएकाले प्रतिस्पर्धा हुन सक्दैन ।
त्यसैले पनि गाउँको उत्पादन बेच्न किसानले जिल्ला सदरमुकाम बाग्लुङ बजार अथवा कुस्मा पुर्याउनुपर्छ । तर कच्चि सडकका कारण ढुवानी भाडा बढी छ । ‘गाउँमै बेचेर पनि सकिने जति छैन । बाहिर लैजाउँ ढुवानी नै धेरै लाग्ने भयो ।’ उहाँले भन्नुभयो, ‘हाम्रो यहाँ स्थानीय सरकार भन्ने नै देखिएन र समस्या होला जस्तो छ ।’
घर छेउमै वडा कार्यालय छ, तर कृष्णको कृषि कर्ममा आफैले चुनेका जनप्रतिनिधिको नजर पर्दैन । पालिकाले उत्पादनलाई बजार देखाईदिने या शितभण्डार निर्माण गरिदिने भए सहज हुने कृष्णको भनाई छ ।
पालिकाले उत्पादनलाई बजार देखाईदिने या शितभण्डार निर्माण गरिदिने भए सहज हुने कृष्णको भनाई छ ।
जैमनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा आवश्यकता हेरेर शित भण्डार निर्माण गर्ने योजना बनाएको बताउनुहुन्छ । शर्मा यसरी उत्पादनसँग जोडिएका किसानहरूलाइ पालिकाले अनुदान दिने गरि नीति बनाइरहेको पनि दाबी गर्नुहुन्छ ।
विदेशबाट फर्किएर आएकाहरूलाइ बिशेष प्रोत्साहन गर्ने नीति लिएको बताउदै शर्माले पालिकाको सम्पर्कमा आएका किसानहरूलाइ सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९, १३:१७