काठमाडौँ । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्दै चौतर्फी आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्नका लागि राजीनामा दिएको बताउनुभयो ।
बजेट निर्माणमा भएको भनिएको घुसपैठका बारेमा छानबिनका लागि संसदले आजै ११ सदस्यीय विशेष समिति गठन गरेको थियो ।
विशेष समय लिएर बोल्दै शर्माले बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको दावी गर्नुभयो ।
‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’ शर्माले भन्नुभयो ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९, १७:००