काठमाडौँ । नेपालमा फलफूलको उत्पादन १ सय ३३ प्रतिशतले बढेको छ ।
२०६३ सालमा ५ लाख ३५ हजार मेट्रिकटन फलफूल उत्पादन भएकोमा २०७८ सालसम्म १२ लाख ४९ हजारभन्दा बढी मेट्रिक टन फलफूल उत्पादन भएको छ ।
राष्ट्रिय फलफूल विकास केन्द्रको तथ्याङ्क अनुसार १५ वर्ष पहिले जम्मा ९१ हजार ९ सय २३ हेक्टर क्षेत्रफलमा फलफूल उत्पादन हुने गरेकोमा हाल बढेर १ लाख ७१ हजार ३ सय १८ हेक्टर क्षेत्रफलमा फलफूल उत्पादन भइरहेको छ ।
तर आयात पनि पछिल्लो समय बढ्दै गएको छ ।
१० वर्ष अघि १ अर्ब ३० करोडको फलफुल आयात गरेको नेपालले चालु आर्थिक वर्षको १० महिनामा मात्रै १२ अर्ब बढिको फलफूल आयात गरेको भन्सार विभागको तथ्याङ्ले देखाएको राष्ट्रिय फलफुल विकास केन्द्रका प्रमुख राजेन्द्र कोइरालाले सीआईएनसँग बताउनुभयो ।
उत्पादनसँगै खपत पनि बढिरहँदा प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवद्र्धन गर्ने सरकारको लक्ष्य पूरा हुनेमा भने अझै चुनौती देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९, १३:१२