काठमाडौँ । भोलि हुने प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभामुखका लागि एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिनु भएको छ ।
उहाँको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल हुनुहुन्छ ।
सत्तागठबन्धनबाट उम्मेदवारी दिनु भएका काँग्रेस नेता पुष्पा भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी रहनुभएको छ ।
भोलि हुने उपसभामुख पदके निर्वाचनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्म मनोनयनको समय तोकिएको थियो ।
तोकिएको समयमा भट्टराई र भुसालको उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुभएपछि करिब तीन वर्षदेखि उक्त पद रिक्त छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९, १४:५८