जुम्ला ।घरघरमा राँकाे बालेर जुम्लामा साउने सङ्क्रान्ति मनाइएकाे छ।
लुतो फाल्ने दिन जुम्लामा विशेष तरिकाले मनाइन्छ । साFझतिर घरघरमा आगोको राँको बाल्ने परम्परा छ।
विगतका दुख कष्ट भूल्दै नयाँ जीवनकाे सुरुवात गर्ने तथा अघिल्लो वर्षका नकारात्मक सोच, धारणा, व्यवहार र शारीरिक तथा मानसिक अस्वस्थता हटोस् भन्ने कामना गरिन्छ ।
जुम्ला दरमुकाम आसपासका आचार्यबाडा, बाेहाेरागाउँ,सिँगाचाैर आदि बस्तीमा राँको बालेर सङ्क्रान्ति मनाइएको छ ।
तस्विरहरुः
प्रकाशित मिति: सोमबार, साउन २, २०७९, १३:३०