काठमाडौँ । अछाममा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर बिष्टको घर पुरिँदा तीनजनाको मृत्यु भएको हो।
अमरका भाइ वीरेन्द्र, मतिजा संविधान र भाउजू हरिकला बिष्टको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।
घटनामा अमरका ६५ वर्षका आमा नैना घाइते हुनुभएको र उपचारपछि घर फर्कनु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक ध्रुबबहादुर बिस्टले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९, ०९:३९