काठमाडौँ । सङ्गीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को कीर्तिमान बनाउनु भएको छ ।
केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गर्नुभएको थियो ।
'ढुकढुकीभित्र तिम्रो' बोलको गीतमा डा. आर.उपाध्यायको शब्दलाई सन्तोष श्रेष्ठले ५० अन्तरराष्ट्रिय भाषामा सङ्गीत भर्नु भएको हो ।
यो गीतको गायनमा सन्तोष श्रेष्ठ, डीआर उपाध्याय र प्रकाश तिमिल्सिना रहेका छन् ।
गीतमा समेटिएका ५० वटा अन्तर्राष्ट्रिय भाषाहरूः
१) नेपाली, २) हिन्दी, ३) जापानी, ४) चिनिया, ५) अङ्ग्रेजी, ६) रुसी, ७) कोरियाली, ८) फ्रान्सेली, ९) स्पेनी, १०) इटालियन, ११) जर्मन,१२) थाई, १३) मौरिसियन, १४) उर्दु, १५) स्वेडिस, १६) क्रोसियन, १७) हेब्रु, १८) पोर्तुगाली, १९) बंगाली, २०) संस्कृत, २१) स्टोनियन, २२) भियतनामी,२३) डच, २४) सिंहाली, २५) स्लोभेनियन, २६) इन्डोनेसियन, २७) रुमानी, २८) फिनिस, २९) पेरुभियन, ३०) टर्किस, ३१) ग्रिक, ३२) फिलिपिनो, ३३) अल्बानियन, ३४) युक्रेनियन, ३५) अफ्रिकी, ३६) स्लोभाकिया, ३७) सर्बियाली, ३८) पानामियन, ३९) नर्वेजियन, ४०) आइसल्यण्डिक, ४१) बर्मेली, ४२) कोल्म्बीयन, ४३) कुर्डिस, ४४) स्वाहिली, ४५) पोलिस, ४६) बोलिभियन, ४७) हङ्गेरियन, ४८)डेनिस, ४९) लात्भियन र ५०) आर्मेनियन रहेका छन्।
गिनिज बुक अफ वर्ल्ड रेकर्डले उपलब्ध गराएको प्रमाणपत्रहरू काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपाल सरकारको तर्फबाट सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रदान गर्नुभयो ।
सङ्गीतकार श्रेष्ठले हालसम्म ४१ वटा गीति एल्बमहरूमा एकल सङ्गीत भरिसक्नुभएको छ भने 'फरैना' नामक उपन्यास सार्वजनिक गर्ने तयारीमा रहनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९, २२:२६