काठमाडौँ । सङ्घ र प्रदेशको चुनाव आगामी मङ्सिर ४ मा गर्न सरकारमा रहेका दलहरु सहमत भएका छन् ।
आज बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा मङ्सिर ४ मा दुवै चुनाव गर्ने सहमति भए पनि सरकारले घोषणा गर्ने छ ।
बैठकमा सहभागी एक नेताका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्ने सम्भावना छ ।
यसअघि निर्वाचन आयोगले भने मङ्सिर २ गते चुनाव गर्न परामर्श दिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९, १९:११