काठमाडौँ । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते आइतबारका दिन दुवै चुनाव गर्ने निर्णय लिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९, १४:५४