काठमाडौँ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘साझा विश्व निर्माणमा अन्तरपुस्ता ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्षको युवा दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा राष्ट्रिय युवा परिषद्ले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो । परिषद्ले आज काठमाडाँैस्थित भृकुटिमण्डपबाट बिहान प्रभातफेरि निकालेको थियो ।
आज बिहान ११ बजे प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा राष्ट्रिय सभामा विशेष कार्यक्रम आयोजना हुने परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको कार्यक्रममा युवा दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण पनि गरिनेछ ।
संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औँ साधारण सभाले अगष्ट १२ का दिनलार्ई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निणर्य गरेको थियो ।
तत्पश्चात सन् २००० देखि संसारभर प्रत्येक वर्ष अगस्ट महिनाको १२ तारिखका दिन राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेको छ ।
नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन थालिएको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९, १०:३८