काठमाडौँ । विश्वमा पहिलो पटक सन् १९०३ मा रासायनिक मलको विकास गरिएको भए पनि बढ्दो जनसङ्ख्या र खाद्यान्नको मागलाई पूर्ति गर्न १९५० को दशकपछि यसको प्रयोग बढेको पाइन्छ ।
रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वरा शक्ति घटिरहेको छ ।
विज्ञहरूका अनुसार घटेको माटोको उर्वरा शक्ति पूर्ववत अवस्थामा फर्काउन धेरै वर्ष लाग्न सक्छ ।
रासायनिक मलले एकातिर माटोको उर्वरा शक्ति घटिरहेको छ, अर्कोतिर रासायनिक मलको अभावले उत्पादन घट्ने चिन्ता किसानमा छ ।
तत्काल लाभ लिने लोभले किसानहरू खेतबारीमा अत्यधिक रासायनिक मलको प्रयोग गर्छन् ।
उत्पादनको लागि माटोमा क्षारीय, नाइट्रोजन, प्राङ्गारिक पदार्थ र फस्फोरस तथा पोटासको मात्रा आवश्यक पर्छ । तर यी तत्व कम भइरहेको छ भने अम्लियपन बढिरहेको छ, जसका कारण उत्पादन घटिरहेको छ ।
कम्पोष्ट मलको प्रशस्त प्रयोग गर्ने, कोसेबालीको खेती बढाउने, हरियो मलको अधिकतम प्रयोग गर्ने, जमिन बाँझो नराख्ने, फरकफरक खेती लगाउने गरेमा माटोको गुणस्तर सुधार गर्न सकिने एकजना माटोविज्ञ बलराम रिजालले बताउनुभयो ।
खस्किदै गएको माटोको उत्पादन शक्ति प्रति बाराका गोपिकृष्ण खतिवडालाई चिन्ता छ । ‘बुबाका पालामा रासायनिकि मल भन्ने जानिएन । अहिले त्यही नहाले अन्न फल्नै छोड्यो ।’ खतिवडा भन्नुहुन्छ, ‘माटो त उही हो, किन यस्तो भयो ? कसरी जाँच्ने के औषधि गर्ने ?’
स्थानीयस्तरमा माटोको गुणस्तर जाँच गर्ने अधिकारीहरू राज्यले खटाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
गुणस्तरीय माटोमा २ देखि ५ प्रतिशत प्राङ्गारिक स्रोत हुनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । तर माटो परीक्षणले देशभरका खेतबारीको माटो गुणस्तर घटिरहेको देखाउँछ ।
माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाले २०७५ सालमा इलाम र झापामा गरेको परीक्षणबाट माटोमा ५४ प्रतिशत अम्लियपन फेला परेको थियो ।
पाल्पाका किसान निता पोखरेल पशुपालन घट्नु र रासायनिक मलको प्रयोग बढ्नुले माटोलाई दीर्घकालीन असर पारिरहेको बताउनुहुन्छ । ‘पहिले यही माटोमा तीन बाली खेती हुन्थ्यो । रासायनिक मलको प्रयोग नै नगरी राम्रो उत्पादन हुन्थ्यो ।’ पोखरेलले भन्नुभयो ।
तर, अहिले माटोले नै रासायनिक मल खोज्न थालेको उहाँले बताउनुभयो ।
पाती, असुरो, वनमारा जस्ता जङ्गली बुट्यानहरूलाई पनि किसानले मलका रूपमा प्रयोग गर्न सक्ने उहाँको सुझाव छ । यसबाहेक घरमै उत्सर्जन हुने फोहोरलाई पनि आफ्नै खेतबारीमा मलका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
सरकारले उत्पादन बढाएर अर्थतन्त्र सुधारको नीति लिएको छ । तर, माटोको गुणस्तर सुधारमा ध्यान नदिँदा खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्यमा नै धक्का लागिरहेको छ ।
अत्यधिक रसायनिक मलको प्रयोगले माटोको गुणस्तर बिगारी दीर्घकालीन रूपमा उत्पादन बढ्नेभन्दा घट्ने चिन्ता हुन थालेपछि विश्वभर नै प्राङ्गारिक खेती प्रणालीको बहस सुरु भएको छ ।
कम्पोष्ट मलको प्रशस्त प्रयोग गर्ने, कोसेबालीको खेती बढाउने, हरियो मलको अधिकतम प्रयोग गर्ने, जमिन बाँझो नराख्ने, फरकफरक खेती लगाउने गरेमा माटोको गुणस्तर सुधार गर्न सकिने एकजना माटोविज्ञ बलराम रिजालले बताउनुभयो ।
प्राविधिक मापदण्ड अनुसार तीन भाग युरियाको प्रयोग गर्दा दुई भाग डीएपी र एक भाग पोटास अनिवार्य हुन्छ । तर, युरियाको मात्रा बढी प्रयोग हुँदा माटोको गुणस्तर बिग्रने र उत्पादन घट्ने भइरहेको छ ।
घट्दै गएको माटोको उर्वराशक्ति बढाउँदै लैजान सकिने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठ बताउनुहुन्छ ।
‘पहिले त गाईवस्तुको मल प्रशस्त प्रयोग गर्नुप¥यो । अनि त्यस्तो मलको पनि गुणस्तर जोगाउन सक्नुपर्छ ।’ श्रेष्ठले भन्नुभयो, ‘गाईवस्तु छैनन् भने वनका स्याउलाहरू खेतमा छर्न सकिन्छ, गड्याँैले मल उत्पादन गरेर प्रयोग गर्न सकिन्छ ।’
पाती, असुरो, वनमारा जस्ता जङ्गली बुट्यानहरूलाई पनि किसानले मलका रूपमा प्रयोग गर्न सक्ने उहाँको सुझाव छ । यसबाहेक घरमै उत्सर्जन हुने फोहोरलाई पनि आफ्नै खेतबारीमा मलका रूपमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९, १५:३२