काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू अब अनलाइनबाट किन्न सकिने भएको छ ।
हालसम्म प्रतिष्ठानले छापेका पुस्तक खरिदका लागि काठमाडौँको कमलादीस्थित प्रतिष्ठानमै वा अरु पुस्तक पसलमा भौतिक रुपमै उपस्थित हुनुपर्थ्यो ।
अब भने विभिन्न वालेट प्रयोग गरी अनलाइनबाट खरिद गर्न सकिने व्यवस्था मिलिाइएको प्राज्ञ हरि तिमल्सिनाले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार अनलाइनबाटै पुस्तक किन्न सकिने प्रणालीको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रज्ञाले सुरुमा ३५ पुस्तक अनलाइनबाट खरिदबिक्रीको व्यवस्था गरेको छ ।
बिहान १० बजेपछि प्रतिष्ठानमा हुने विशेष समारोहका बीच प्रधानमन्त्री देउवाले ३७ औँ प्राज्ञ सभाको पनि उद्घाटन गर्नुहुने तिमल्सिनाले जानकारी दिनुभयो ।
साहित्यकार परिचयपत्र वितरणको सुरुवात पनि आजैबाट गरिने पनि उहाँको भनाइ छ । आजबाट मोतिजयन्तीसम्म अर्थात आगामी भदौ ११ सम्म पुस्तक प्रदर्शनीको सुरुवात पनि हुँदैछ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९, ०८:२३