काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले आज कार्यविधिको बारेमा टुङ्गो लगाउने भएको छ ।
दिउँसो २ बजेका लागि सिंहदरवारमा बस्ने बैठकमा कार्यविधि र संयोजकको बारेमा छलफलहुने समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले सीआईएनसँग बताउनुभयो ।
प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले गत साउन २२ मा पाएको थियो ।
जबराको कामकारबाही मर्यादा र आचरणविपरित भन्दै गत फागुन १ गते ९८ जना सांसदहरुले प्रतिनिधि सभामा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९, ०७:१९