काठमाडौँ । सामुदायिक सूचना नेटवर्क (सीआईएन)मा कार्यरत पत्रकार अविनाश आचार्यलाई ‘फेडवासन वास पत्रकारिता पुरस्कार २०७९’ प्रदान गरिएको छ ।
खानेपनी, सरसफाइ र स्वच्छताको क्षेत्रमा रेडियोमाफर्त उत्कृष्ट समाचार सम्प्रेषण गरेवापत पत्रकार आचार्यलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो ।
पत्रकार आचार्य १० वर्षदेखि रेडियो पत्रकारिताको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
पुरस्कार वितरण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरसफाइ र स्वच्छताको क्षेत्रमा धेरै काम गर्न सकिने भए पनि सङ्घ र प्रदेशबीचमा सम्मन्वयको अभाव भएकाले सोच अनुसारको काम गर्न नसकिएको धारणा राख्नुभयो ।
यस वर्षको फेडवासन वास पत्रकारिता पुरस्कार रेडियोबाट आचार्य, छापाबाट कान्तिपुर दैनिकका धादिङ संवाददाता सरिता श्रेष्ठ, टेलिभिजन विधाबाट जनता टेलिभिजनका बझाङ संवाददाता आशीषबहादुर सिंह र अनलाइन विधाबाट वास खबर डटकमका विनोद शर्माले पाउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९, १५:०९