तत्कालीन नेपाल सरकारले २ सय वर्षअघि वि.सं. १८७० मा पूर्वी पहाडका ओखलढुङ्गादेखि इलाम जिल्लामा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरेको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउथे ।
भोजपुर । भोजपुर सदरमुकामबाट २० मिनेट झरेपछि सानो चिटिक्कको झुरुप्प बजार आइपुग्छ । पुराना कलात्मक घर । बाटो र घरका आँगनभरि कलात्मक तरिकाले ढुङ्गा बिच्छाइएका छन् ।
बस्तीमा अधिकांश घरका ढोकामा ताल्चा झुण्डिएको छ । प्राय घरमा पाका उमेरका मानिस मात्रै भेटिन्छन् ।
धातुका भाँडा बनाउने पहिचान बनाएको टक्सार बजारमा कुनै समय घरैपिच्छे आरन थियो । कोही आरन चलाइरहेका भेटिन्थे । कोही कच्चा पदार्थ तयार गरिरहेका त कोही बनाएका धातुका भाँडा सुकाइरहेका हुन्थे ।
धातुका कलात्मक भाँडाकुँडा कुँद्ने सीपमा ख्याति कमाएको टक्सार बजार यतिबेला भने टकविहीन छ ।
तत्कालीन नेपाल सरकारले २ सय वर्षअघि वि.सं. १८७० मा पूर्वी पहाडका ओखलढुङ्गादेखि इलाम जिल्लामा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरेको थियो ।
अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउथे । टक्सारको करुवाले देशव्यापी चिनारी नै बनाइसकेको थियो ।
यतिबेला करुवा बनाउने काम तीन घरले र तामाको भाँडा बनाउने काम जम्मा एकजनाले धानिरहेका छन् । स्थानीय राजकुमार ताम्राकार युवा पुस्ताले तामाको भाँडा बनाउने काम गर्नै छाडेको बताउनुहुन्छ ।
तर, यतिबेला करुवा बनाउने काम तीन घरले र तामाको भाँडा बनाउने काम जम्मा एकजनाले धानिरहेका छन् । स्थानीय राजकुमार ताम्राकार युवा पुस्ताले तामाको भाँडा बनाउने काम गर्नै छाडेको बताउनुहुन्छ ।
टक्सार बजार रको कुनै नेवार बस्तीको झल्को दिने खालको छ । कतिपय घर, मानिसहरु बसाई हिंडेका कारण थोत्रिएका छन् । एउटा घरमा, ७७ वर्षका देवकृष्ण शाक्य, करुवा टल्काउँदै गर्दा भेटिनुभयो । उमेर बढ्दै जाँदा शाक्यलाई दिनदिनै आरनको काम गर्न सजिलो छैन । ‘करुवाको माग र बजार राम्रो छ । तर काम गर्ने कस्ले ?’ शाक्यको प्रश्न छ ।
किराँतकालिन खिकामाछा थुमका राजा खिकाहाङको पालामा पाटनबाट आएका शाक्य वंशले टक्सारमा मूर्तिकला र हस्तकला उद्योग खोलेका थिए ।
टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कलकत्तासम्म निर्यात गरिन्थ्यो । पाटनबाट टक्सार पुगेका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति पनि सँगै ल्याए । पाटन र भक्तपुरमा झैं टकसारमा पनि नेवार समूदायको जात्रा र भोज चलिरहन्छ ।
व्यक्तिका कतिपय पुराना घरले कला, सभ्यता र संस्कृतिको इतिहास बोल्छन् । त्यस्ता संरचना व्यक्तिको सँगै समाजको पनि सम्पत्ति हो । कुनै बेला देशकै सम्पत्ति बनेको भोजपुरको टक्सार बजार भने अहिले राज्यविहीन जस्तै छ ।
सानो बस्तिमा पनि त्यति बेला बनाएका मठमन्दिर, गुम्बा, चैत्य, हस्तकला र मूर्तिहरू दुरुस्तै छन् । तर खण्डहर अवस्थामा । टक्सार बजार भित्रै एउटा सरस्वति गुफा पनि छ ।
तामा खानीको उत्खनन्पछि गुफा बनेको बुढापाकाले बताउने गरेको स्थानीय शिक्षक अम्रिका ताम्राकार बताउनुहन्छ ।
केहि महिनाअघि सरकारले सय वटा नयाँ पर्यटकिय गन्तब्यको नाम सार्बजनिक गरेको छ । तर त्यसमा टक्सारको नाम भेटिंदैन । सङ्घीय सरकारले टक्सारलाई बिर्सिएको टक्सारबासीको गुनासो छ ।
व्यक्तिका कतिपय पुराना घरले कला, सभ्यता र संस्कृतिको इतिहास बोल्छन् । त्यस्ता संरचना व्यक्तिको सँगै समाजको पनि सम्पत्ति हो । कुनै बेला देशकै सम्पत्ति बनेको भोजपुरको टक्सार बजार भने अहिले राज्यविहीन जस्तै छ ।
पञ्चायतकालसम्म टक्सारमा रहेका क्षेत्रीयस्तरका विभिन्न सरकारी कार्यालय तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटा सारेपछि यहाँको व्यवसाय ओरालो लागेको हो ।
पूर्वाञ्चलमै औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा प्रख्यात टक्सार अहिले राज्यको उपस्थिति पर्खिरहेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २३, २०७६, १४:२९