काठमाडौँ । चितवन, रूपन्देही, कपिलवस्तु, पाल्पा, कैलाली, कञ्चनपुर, डलेलधुरा र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टादेखि अत्यधिक पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक वर्षाका कारण नदीमा पानीको सतह बढ्न सक्ने भएका कारण सावधानी अपनाउनुपर्ने छ ।
'रिउखोला, तिनाउ, बाणगङ्गा, मोहना खुट्टीया, स्याउली, चौधर लगायत नदी र खोलामा आकस्मिक बाढी हुन सक्छ ।
आज बिहान ८ बजेसम्म सतर्कता अपनाऔँ ।' महाशाखाले सामाजिक सञ्जालमार्फत निकालेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९, ०७:१८