काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ मा सकिने भएसँगै राष्ट्रिय सभाले उत्पत्ति गरेका १० वटा विधेयक भने अगाडि नबढ्ने भएका छन् ।
प्रतिनिधि सभामा यी विधेयक पठाउने हो भने प्रक्रिया पूरा गरेर राष्ट्रिय सभामै पठाउनुपर्छ ।
विधेयक उत्पत्ति भइसकेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत मन्त्रीसँग प्रतिनिधि सभामा पठाउने वा के गर्ने भन्ने बारेमा छलफल गर्नुभएको थियो ।
सम्बन्धित मन्त्रीहरूले छोटो समय भएका कारण प्रक्रिया पूरा गरेर फिर्ता पठाउने निश्चित नभएको जवाफ दिएका छन् ।
अख्तियार दुरुपयोग, भ्रष्टाचार निवारण, विद्युत, सुरक्षण मुद्रण, खाद्य स्वच्छता, अभिलेख संरक्षण, सार्वजनिक सेवा प्रसारण, शपथ ग्रहण, अनुगमन तथा मूल्याङ्कन र प्रतिलिपी अधिकार पहिलो संशोधन सम्बन्धी विधेयक रोक्नुपरेको संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाले सीआईएनसँग बताउनुभयो ।
संसदको वर्षे अधिवेशन सुरु भएसँगै राष्ट्रिय सभाको बैठक ४० दिनमा ४५ पटक बसेको छ ।
सरकारले ल्याएका ८ वटा अध्यादेश बैठकबाट स्वीकृत भएका छन् भने राष्ट्रिय सूचना आयोगसहित १४ वटा संवैधानिक निकायका प्रतिवेदन पेश भए भने पेट्रोलिय पदार्थको मूल्य नियन्त्रणका सम्बन्धमा र सङ्घीयता कार्यानवयन सम्बन्धमा सार्वजनिक महत्वको प्रस्तावमा सङ्कल्प प्रस्ताव पनि राष्ट्रिय सभाले पारित गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९, १२:५५