काठमाडौँ । नेपालको प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकँग्रेसबीच अन्तर संसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा आज हस्ताक्षर भएको छ ।
सङ्घीय संसद भवनमा समझदारीपत्रमा हस्ताक्षर भएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
“दुबै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको मूल हित र महत्वपूर्ण सरोकारका पक्षमा साथ दिन सहमत भएका छन् ।” समझदारी पत्रमा भनिएको छ ।
बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय सहयोग आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने पिन सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९, २०:२७