काठमाडौँ । नेपालको चार दिने भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकँग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुले आज प्रमुख दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।
संसद भवन नयाँवानेश्वरमा आज बिहान उहाँले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।
भेटमा नेपाल र चीन सम्बन्ध अनि दुई पक्षीय हितका बारेमा कुराकानी भएको जनाइएको छ । लि हिजो काठमाडौँ आइपुग्नुभएको हो ।
उच्चस्तरीय भेटघाटका लागि उहाँ जाने स्थानको सडकखण्डमा बिहानैदेखि ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९, १२:०८