काठमाडौँ । चार दिने नेपाल भ्रमणका लागि आउनुभएका चीनको राष्ट्रिय जन कँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा गत सोमबार नेपाल आउनुभएका ली अहिले केहीबेरमा स्वदेश फर्कन लाग्नुभएको हो ।
भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभयो ।
उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
सभामुख सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९, ०८:२५