काडमाडौँ । आज देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि अत्यन्त धेरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम पूर्ण रूपमा खुल्ने सम्भावना छैन ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी तथा बाँकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि सुदूरपश्चिमका थोरै तथा तराई भूभागका एकदुई स्थानमा भारीदेखि अति धेरै वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढ्ने भएको छ ।
बाढी र पहिरोको जोखिम हुने भएकाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९, ०८:४७