काठमाडौँ । यस वर्षको विजयादशमीको उत्तम साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको बताउनुभयो ।
यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९, १८:२८