काठमाडौँ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतादाताले भोट हाल्न पाउने भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाताको सूची वेबसाइटबाट सार्वजनिक गरिएको बताउनुभयो ।
२०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकोमा गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए।
झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९, १८:४८