काठमाडौँ । सरकारले प्रतिनिधि सभाको ११ औँ अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्यका लागि सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन भोलिदेखि अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
संसद्को कार्यकाल कहिलेसम्म रहने भन्नेबारे अन्योल रहेका बेला सरकारले अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो।
निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक निर्वाचनका लागि बन्द सूची बुझाउने समय तोकेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९, १८:५४