काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाखभन्दा धेरै व्यक्तिले दरखास्त दिएका छन् ।
देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन परेको नेपाल प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार १ लाख ७१ हजार ७ सय १८ जना पुरुष र ६० हजार ३ सय ७० जना महिलाले आवेदन दिएका छन् ।
दरखास्त दिएका मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरीमा छनोट हुनेछन् ।
असोज ९ बाट म्यादी प्रहरीको छनोट सुरु हुने पनि कार्यालयले बताएको छ ।
आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले भदौ ३० देखि हिजोसम्म म्यादी प्रहरीको लागि निवेदन माग गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९, १५:०९