बासमतीले चुरा,पोते लगाउने परम्परा जस्तै आफ्नो समुदायमा ट्याटु खोपानउे परम्परा वर्षौँदेखि रहेकाे सुनाउनुभयो । 'खोपाएन भने सासू, ससुरालगायत घरपरिवारका सदस्यले पानी नै नखाने परम्परा छ।' उहाँले भन्नुभयो ।
नेपालगञ्ज । बाँके भुजइगाँउका सरस्वती यादवको हातमा साथी र धर्मगुरुको नाम खोपिएको छ । उहाँका हात, खुट्टा, पाखुरालगायत शरीरका विभिन्न अङ्गमा फूलका चित्र बनाइएको छ ।
'मधेसी समुदायमा विवाहपछि साथीसहेँली वा दाइभाइको नाम लेखाउने चलन छ।' सरस्वतीले भन्नुभयो,'१२१४ वर्षको उमेरमा नै मैले पनि ट्याटु बनाएँ।' उहाँको समुदायमा ट्याटु खोपाउनुलाई लीला गोदाउनु भनिन्छ ।
बाँके पुरैनीका बासमती यादवको हातमा पनि दाजु श्रवणकुमारको नाम खोपिएको छ । विगतमा विवाह हुनुअघि हातमा दाजुभाइको नाम खोपाउनुपर्ने बाध्यतात्मक परम्परा रहेको उहाँ सम्झिनुहुन्छ ।
खोपाउँदाखेरी दुख्ने गरेको बताउँदै बासमतीले चुरा लगाउने, पोते लगाउने परम्परा जस्तै आफ्नो समुदायमा ट्याटु खोपानउे परम्परा वर्षौँदेखि रहेकाे सुनाउनुभयो । 'खौपानए भने सासू, ससुरालगायत घरपरिवारका सदस्यले पानी नै नखाने परम्परा छ।' उहाँले भन्नुभयो ।
नेवार, राई, लिम्बू, तामाङ, मगर समुदायका महिलाको शरीरमा चरा, फूल, टीका, औँठीजस्तो देखिने खालका ट्याटु बनाइएको हुन्छ ।
तराईका थारू तथा धिमाल समुदायको महिलाहरूको शरीरमा धेरै र ठूला ट्याटु हुन्छन् । उनीहरूले शरीरको देखिने भागमा सुन्दरताका लागि खोपेको देख्न सकिन्छ ।
नेवार, राई, लिम्बू, तामाङ, मगर समुदायका महिलाको शरीरमा चरा, फूल, टीका, औँठीजस्तो देखिने खालका ट्याटु बनाइएको हुन्छ । नेपालगन्ज १८ कारकादो निवासी ७३ वर्षका कृष्णा पोखरेलले पनि चिउँडोमा हरिया थोप्ला आकारको ट्याटु खोपाउनुभएको छ ।
राम्रो हुन्छ भनेर ट्याटु बनाएको सम्झँदै उहाँले भन्नुभयो, 'रङ्ग नपाएर सिमीका पात निचोरेर पनि यस्तो बनाउने गरिन्छ।'
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत रेग्मी भने भूतप्रेतसँग बच्नका लागि ट्याटु बनाउनुपर्छ भन्ने मान्यता कतिपय समुदायमा रहेको बताउनुहुन्छ। 'विशेष गरी जनजाति समुदायमा ट्याटुको चलन रहे पनि हिजोआज भने फेशनको रुप लिएको छ।' रेग्मीले भन्नुभयो ।
आदिवासी जनजातिले ट्याटुलाई सुन्दरता र शक्तिको प्रतीकका रूपमा लिएको पाइन्छ । न्यूजिल्यान्डका आदिवासी युद्ध सरदार, सैनिक नेताले शक्ति र नेपाली महिलाले सिर्जनात्मक कलाको रूपमा ट्याटुको प्रयोग गरेको संस्कृतिका जानकारहरु बताउँछन् ।
अडियो सुन्नुहोसः
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६, १०:५१