काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणकाे मागसहित परेकाे रिटमा सुनुवाइ आज हुने भएको छ ।
आजका लागि पेशी तोकिएको भए पनि समय भने निर्धारण भइसकेको छैन ।
यसअघि गत शुक्रवारका लागि पेशी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सारिएकाे हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् ।
अधिवक्ताहरू सागर बराल,डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।
बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९, ०९:०९