काठमाडाैँ । गोरखाको मनास्लु हिमाल आधार शिविरमा गएको हिउँ पहिरोमा परेकाहरूको उद्धार सुरु भएको छ ।
हिम पहिरोमा हराइरहेकामध्ये दुई जनालाई उद्धार गरी काठमाडौँ पठाइएको र बाँकीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हराइरहेकाकाे उद्धारका लागि काठमाडौँबाट तीन वटा हेलिकोप्टर उडेको तर मौसम प्रतिकुल भएका कारण घटनास्थलमा अवतरण हुन नसकेपछि गोरखाकै सामा गाउँमा अवतरण गरेको कार्यालयले जनाएको छ ।
हिम पहिरोमा कति जना बेपत्ता भएको भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मनास्लुको तेस्रो आधार शिविरबाट अक्सिजनलगायत सामग्री लिएर चौथो आधार शिविरतर्फ जाँदै गरेका आरोही र सहयोगी हिउँ पहिरोमा परेका थिए।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९, १८:१६