नीति तथा कार्यक्रममाथि भएको छलफलपछि सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अपशब्द प्रयोग गरेको भन्दै प्रमूख प्रतिपक्षि दल नेपाली काँग्रेसले बिरोध जनायो ।
काठमाडौं । प्रतिनिधि सभाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको छ । प्रमूख प्रतिपक्षि दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी राजपाको बिरोधका बाबुजद पनि संसदबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रममाथि भएको छलफलपछि सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अपशब्द प्रयोग गरेको भन्दै प्रमूख प्रतिपक्षि दल नेपाली काँग्रेसले बिरोध जनायो ।
काँग्रेस सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन भन्दै रोष्टममा पुग्नुभएका प्रधानमन्त्री ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरि जवाफ दिन्छु भन्दै सम्बोधन सुरु गरेपछि काँग्रेस सांसद मीन बहादुर विश्वकर्माले नियमापत्ति जनाउनुभयो । त्यसपछि काँग्रेसका सांसदहरुले उभिएर संसद अबरोध गरे ।
सांसदहरुको प्रश्नको जवाफ दिन भन्दै रोष्टममा नै रहनुभएका प्रधानमन्त्रीले पनि प्रश्न सोध्दा काँग्रेस सांसदहरुले अपमान गरेको बताउनुभयो । काँग्रेस सांसदहरुले प्रधानमन्त्रीले बोलेको शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै उठेर हो–हल्ला गर्न थालेपछि सभामुख र प्रधानमन्त्री दुबै एकछिन अलमलिएका थिए ।
काँग्रेसका सांसदहरुको बिरोध जारी रहेकै बेला सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम माथिको प्रक्रिया अगाडी बढाउनुभयो । सभामुखले संसोधनकर्ताहरुलाई पालैपालो संसोधन फिर्ता लिन आग्रह गरेपनि संसोधनकर्ताहरुले पहिले संसद बैठक व्यवस्थित गर्न सभामुखलाई आग्रह गरेका थिए ।
संशोधन प्रस्ताव फिर्ता लिन सभामुखले आग्रह गरेपछि काँग्रेस सांसद मीनेन्द्र रिजालले सभामुखले संसदको गरिमा कायम गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । उहाँले एउटा व्यक्तिका लागि सिंगो संसद र नागरिक झुक्नुपर्ने अवस्था आउन नहुने पनि बताउनुभयो ।
प्रतिपक्षि दलका सांसदहरुले उठाएका प्रश्नहरुको विरुद्धमा पटक, पटक प्रश्न गर्दै जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानी बुझी राखेको स्पष्टीकरण दिनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु लक्ष्मणलाल कर्ण र चन्दा चौधरीले पनि संसदको व्यवस्थापनपछि मात्रै संसोधन फिर्ता लिने नलिने बिषयमा धारणा राख्ने भन्दै गर्दा सभामुखले प्रक्रिया अगाडी बढाउनुभएको हो । काँग्रेसको बिरोधकै बीचमा सभामुखले नीति तथा कार्यक्रम ध्वनी मतका आधारमा पारित भएको घोषणा गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रमलाई लिएर संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुभएको छ । खासगरि प्रतिपक्षि दलका सांसदहरुले उठाएका प्रश्नहरुको विरुद्धमा पटक, पटक प्रश्न गर्दै जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानी बुझी राखेको स्पष्टीकरण दिनुभयो ।
‘नेपालीहरुले यस वर्ष नि भातै खाने लक्ष्य, अर्को वर्ष नि भातै खाने लक्ष्य मात्रै राख्ने होइन, गरिबि पनि हटाउने रेल, पानी जहाज नि चलाउने सरकारको योजना हो ।’
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भुलचुकले होइन जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’ आधारभुत विषय शिक्षा, स्वास्थ्य र गरिबि हटाउनमा केन्द्रीत नभएर सरकार रेल र पानी जहाजको पछाडी दौडिएको भन्दै विपक्षि सांसदहरुले बिरोध गरेका थिए । यसको जवाफ दिंदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालीहरुले यस वर्ष नि भातै खाने लक्ष्य, अर्को वर्ष नि भातै खाने लक्ष्य मात्रै राख्ने होइन, गरिबि पनि हटाउने रेल, पानी जहाज नि चलाउने सरकारको योजना हो ।’ पुर्व पश्चिम रेलमार्ग सपना नभई यसलाई छिटो सार्थक बनाउने प्रधानमन्त्रीले बताउनुभयो ।
सरकार देशलाई सम्पन्न बनाउने बाटोमा लागेको र गरिबि हटाउने सन्र्दभमा महत्वपूर्ण काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले यसवर्ष ४ प्रतिशत गरिबि हटेको दाबी गर्नुभयो । यसवर्ष २७ प्रतिशत बचत भएको भन्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्र सबल हुने दिशामा गएको लक्षण देखिएको बताउनुभयो । आगामी आर्थिक वर्षभित्र मेलम्ची काठमाण्डौं आइपुग्ने दाबी पनि प्रधानमन्त्रीले गर्नुभयो ।
अस्ति देखि भएको नीति तथा कार्यक्रम माथिको छलफलमा सांसदहरुले सरकारले नीति तथा कार्यक्रमका नाममा नागरिकलाई झुक्याइरहेको, खर्च घटाउनु भन्दा सरकार दीर्घकालिन खर्च बढाउने कार्यक्रम थप गर्नमा मात्रै लागेको आरोप लगाएका थिए ।
काँग्रेस सांसदहरुले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको आरोप लगाएका थिए, तर सत्ता समर्थित दलका सांसदहरुले भने नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६, १६:४२