काठमाडौँ । सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशमा न्यायाधीश हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानु अघि तीर्थ गर्न भारत गएसँगै सरकारले सर्वोच्चका न्यायाधीशमध्येका वरिष्ठ न्यायाधीश रहेका हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशमा नियुक्त गरेको हो ।
प्रधानन्यायाधीश वा कामु प्रधानन्यायाधीशले देश पार गरेपछि वरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश बन्ने कानुनी व्यवस्था छ ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाभियोग दर्ता भएसँगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीले पाउनुभएको थियो ।
महाअभियोग लागेसँगै निलम्बित जबरा पनि ६५ वर्षे उमेर हदका कारण आगामी २७ मंसिरबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।
कामु प्रधानन्यायाधीशमा नियुक्त कार्की त्यसपछि मात्र प्रधानन्यायाधीश बन्नु हुनेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९, १६:२५