काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली महिलाको सङ्ख्या उच्च दरमा बढेको छ ।
गत आर्थिक वर्षमा जम्मा ११ हजार ४ सय ६ जना महिला वैदेशिक रोजगारीका लागि गएकोमा चालु आर्थिक वर्षको सुरुका दुई महिनामै त्योभन्दा धेरै नेपाली महिला कामका लागि बिदेसिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार गएको साउन र भदौ महिनामा १३ हजार ७६१ जना महिला वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सुरुका दुई महिनामा २ हजार ९५० जना नेपाली महिला वैदेशिक रोजगारीमा गएका थि
विभागका अनुसार गएको साउनमा ६ हजार २४२ जना र भदौमा ७ हजार ५१९ जना महिला रोजगारीका लागि बिदेसिएका हुन् ।
रोजगारीका लागि गएका धेरैजसो महिला यूएई, कुवेत, कतार र मलेसिया गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ३ हजार ७५५ जना महिला यूएई, २ हजार ५६७ जना कुवेत, १ हजार ७६४ जना मलेसिया र १ हजार ८ जना महिला कतार गएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९, १२:१०