काठमाडौँ । इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ ।
भागदौडमा १ सय ८० जना घाइते भएका छन् । पर्सेबाया सुराबाया नामक टिमसँगको खेलमा अरेमा एफसीको टिम पराजित भएपछि भएको हिंसामा उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खेलपछि पराजित टोलीका समर्थक मैदानमा उत्रिएका थिए ।
उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । जसका कारण निसास्सीएर धेरैको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।
मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी पनि रहेका छन् ।
इन्डोनेसियाको फुटबल एशोसिएसन (पिएसएसआई) ले घटनाको अनुसन्धान गर्ने बताएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९, ०७:१०