काठमाडौँ । नेसपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको चुनावमा आफू उम्मेदवारको रुपमा नउठ्ने घोषणा गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उहाँले लेख्नुभएको छ,' सम्पूर्ण गोरखाली दाजुभाइ, दिदीबहिनी, बुबाआमाहरुमा हृदयदेखि आभार व्यक्त गर्दछु । आगामी २०७९ मङ्सिर ४ को प्रतिनिधि सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरुलाई विनम्र जानकारी गराउन चाहान्छु ।'
गोरखाको विकासका लागि आफू लागरहने पनि भट्टराईको भनाइ छ ।
'म सबै गोरखाली दिदीबहिनी दाजुभाइमा विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।' भट्टराईले लेख्नुभएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १७, २०७९