काठमाडौँ । दसैँ, तिहार, छठलगायतका पर्व र सांस्कृतिक परम्पराको समयमा आशिर्वादसँगै दक्षिणाको रूपमा नयाँ नोट दिने गरिन्छ ।
नेपाल राष्ट्र बैंकले भने नयाँ नोटको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
सीआईएनसँग कुराकानी गर्दै राष्ट्र बैँकका प्रवक्ता डा गुणाकर भट्टले दक्षिणा लिँदादिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक या सांस्कृतिक कार्य गर्दा रङ्ग लागेको वा मैलिएका हातले नोट नछुन सबैसँग आग्रह गर्नुभयो ।
नोटमा कुनै पनि बहानामा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जोकोहीलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने राष्ट्र बैँकले चेतावनीसमेत दिएको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै नोटमा केरमेट गरेमा ३ महिना जेल वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ ।
मुलुकी अपराध९संहिता० ऐन २०७४ को परिच्छेद २२ अनुसार नोट वा सिक्का जलाउने,केरमेट गर्ने,नष्ट गर्न खोज्नेलाई कसुर कायम हुने र त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७९, ०७:१२