काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुँदै जाने सम्भावना रहेको बताएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसम विद राजु प्रधानाङले सीआईएनसँग कुराकानी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने भए पनि अरु भूभागमा मौसम सामान्य हुँदै जाने जानकारी दिनुभयो ।
तीन दिनदेखि परिरहेको वर्षाका कारण नेपालको हवाइ उडान पनि प्रभावित बनेको छ ।
प्रतिकूल मौसमका कारण काठमाडौंबाट विभिन्न क्षेत्रमा हुने उडानका साथै अन्य क्षेत्रका उडान पनि प्रभावित बनेको वायुसेवा सञ्चालक सङ्घले जनाएको छ ।
मौसमविद् प्रधानाङ्गसँगको कुराकानी सुन्नुहोस्ः
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९, ०७:२४