काठमाडौँ । राप्ति नदीको पानीको सतह खतराभन्दा धेरै भएकाले यसको किनारमा रहेका बाँकेबासीलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
बाँकेको कुसुम बाढी मापन केन्द्रमा जलसतह खतरामाथि (७.३मि.) पुगेको र यो बढ्दो अवस्थामा रहेकाले थप १ मिटर पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ ।
'दाङ र बाँकेको तटीय क्षेत्र र डुबान हुने होचा भूभागमा हुनेहरू अर्को सूचना नभएसम्म अति उच्च सतर्कता साथ बाढी नपुग्ने सुरक्षित अग्लो स्थानमा जानुहोला ।' महाशाखाको सूचनामा भनिएको छ ।
बाँकेको डुडुवा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका राप्ती तटीय क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९, १९:०५