काठमाडौं । नेकपाका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालले विवाह गरेको आज ५० बर्ष पुगेको छ । ५०औं बर्षगाठको अवसरमा वैवाहिक उत्सव कार्यक्रम आयोजना गरिएको छ ।
बैशाख २६ गते बेलुका ५ बजे, प्रचण्ड निवास सुनाकोठी, ललितपुरमा नेकपा अध्यक्ष प्रचण्डले भब्य वैवाहिक उत्सव कार्यक्रम आयोजना गर्दैहुनुहुन्छ । वैवाहिक जीवनको ५० औं बर्षगाँठ कार्यक्रम मनाउन निम्ता कार्ड नै दिइएको छ ।
कार्यक्रमको आयोजक भने प्रचण्ड र सीता दाहालका छोरीहरु गंगा र रेणु दाहाल रहनु भएको छ । आजसम्म जन्मदिन, वैवाहिक उत्सव औपचारिक निम्ता सार्वजनिकरुपमा कार्ड बाँडेर गर्नु भएको छैन ।
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६, १३:३४