काठमाडौँ । सिट बाडँडफाँडको बारेमा छलफल गर्न थालेको २ महिनापछि सरकारमा रहेका राजनीतिक दलहरूले सहमति गरेका छन् ।
जसपा बाहिरिएपछि भित्रिएको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई काँग्रेसको भागबाट सीट वितरण गर्ने गरी सत्ता गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाको सिटको विषयमा सहमति जुटाएको हो ।
गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने सहमति गरेको छ ।
एकीकृत समाजवादीलाई २० सिटे दिने बारेमा दलहरूभित्र पूर्ण सहमति नभएकालेले १९ दिने कि २० भन्ने बारेमा केही मतभेद रहेको एक नेताले बताए ।
९८ स्थानमा भने कांग्रेस र लोपसाबीच आज भागबन्डा हुने जनाइएको छ ।
लोसपाले प्रतिनिधिसभाका १५ स्थान माग गरे पनि प्रतिनिधिसभामा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक देखिएको लोसपाका एक नेताले जानकारी दिए ।
यद्यपी यस बारेमा आज छलफल गरेर टुङ्ग्याउने सहमति भएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९, ०७:३३