काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ ।
राजदूत यान्छीले आज विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नु भएको हो ।
भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल कार्यकाल सम्पन्न गरेकोमा बधाई तथा आगामी दिनका लागि शुभकामना दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको कामना गर्नुभयो ।
बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९, ११:५८