काठमाडौँ । कैलाली, कञ्चनपुर र डडेलधुरामा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाले जनाएको छ ।
विहान ६ बजेको सूचना अनुसार डडेलधुरा,कञ्चनपुर,कैलालीको धेरै स्थानमा आगामी ६ घण्टा भारी बर्षा हुने छ ।
त्यस क्षेत्र भएर बग्ने कान्द्रा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत खहरे खोलामा बाढी आउन सक्ने भएकाले भीरालो जमिनमा पहिरो र होचा स्थान डुब्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २३, २०७९, ०७:३४