रुपन्देही । “जुटौ सारा गाउँ र सहर, शून्य पोलिथिन तिलोत्तमा नगर” भन्ने नारासहित शून्य पोलिथिन अभियानको मुख्य उद्धेश्य माटो, धरर्ती, वातावरण तथा पर्यावरण संरक्षण गर्नु हो । १२६.२ वर्ग किलोमिटरमा फैलिएको नगरमा १७ वटा वडा छन् ।
सिङ्गो नगरपालिका क्षेत्रलाई शून्य पोलिथिन क्षेत्र घोषणा गर्नेमा तिलोत्तमा नेपालकै पहिलो नगरपालिका हो ।
शून्य पोलिथिन नगर घोषणा कार्यान्वयनका लागि कार्यविधि निर्माण गरेर २०७६ साल चैत ४ मा स्थानीय राजपत्रमा प्रकाशन गरिएको थियो ।
तिलोत्तमा नगरपालिकाको फोहोरमैला व्यवस्थापन, शुन्य पोलिथिन तथा पूर्ण सरसफाइ नगरपालिका अभियान कार्यान्वयन कार्यविधि २०७६, को परिच्छेद –५ मा शून्य पोलिथिन सम्बन्धी व्यवस्था गरिएको छ ।
तर कार्यविधिमा व्यवस्था गरिए अनुरुप काम हुन नसक्दा शून्य पोलिथिन अभियान “केटाकेटी आए, गुलेली खेलाए गए” भनेजस्तै भएको छ ।
नगरलाई पोलिथिन मुक्त राख्न बन्नु पर्ने आधारहरू नबन्दै हचुवाको भरमा घोषणा गरिँदा अहिले त्यही पोलिथिनले नगरलाई गिज्याइरहेको छ ।
नगरमा यत्रतत्र प्लाष्टिक र प्लाष्टिकजन्य फोहर देखिन्छ । वडा नं. ५ को एसएमएस इन्जिनियरिङ्गको अगाडि पुग्दा प्रयोग गरेर निस्केको पलाष्टिकजन्य फोहोरको थुप्रो देखिन्छ ।
शून्य पोलिथिनसम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सिम नेपालसँगको सहकार्यमा स्थानीय नागरिकलाई सचेतना जगाउने कार्यबाट अभियानको सुरु गरिएको हो ।
मुख्य सडकको छेउमा र निर्माण हुदै गरेका भवनहरूको वरपर प्राय दिनहुँ जसो पलाष्टिकका बोतल, भोला, गुट्का जस्ता सुर्तीजन्य वस्तुका खोलहरू छरिएका भेटिन्छन् ।
यो सार्वजनिक यातायात, निजी सवारीसाधन र पैदल यात्रुले फ्याँकेको हो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
यातायात ,उद्योगी व्यवसायी, सामाजिक संस्था टोल विकास संस्थाले नगरपालिकामा आफू माताहतमा रहेका सम्बन्धित सरोकारवालालाई निर्देशन दिँदै संस्थागत रूपमा शून्य पोलिथिन अभियानमा प्रतिबद्धता पत्र पेश गरेका थिए ।
तर त्यसको कार्यान्वयन हुन नसकेको यो दृष्यले प्रष्ट पार्दछ ।
शून्य पोलिथिन अभियानको अवधारणा
तिलोत्तमा नगरपालिकासँग शून्य पोलिथिन अभियानमा साझेदारी गरेको संस्थाका अध्यक्ष भन्छन्, बढ्दो सहरीकरण, अव्यवस्थित बस्ती विकास एवं निजी तथा सार्वजनिक स्थलमा पोलिथिनको प्रयोगले पार्ने असर कम गर्दै वातवरण जोगाउन यो अभियान महत्वपूर्ण छ ।’
त्यसका लागि अध्यक्ष निपेश ढाकालेले नगरका विभिन्न विद्यालयहरूमा वृत्तचित्र प्रर्दशन गर्ने कार्य गर्नुभएको थियो ।
सोही क्रममा तिलोत्तमाका तत्कालीन नगरप्रमुख बासुदेव घिमिरेले चासो व्यक्त गरेपछि मेयर, उपमेयरसहित कार्यपालिका राजनीतिक दल, सामाजिक संस्था, नागरिक समाजका अगुवाबीच शून्य पोलिथिन अभियानको आवश्यकताबारे छलफल गरी सहकार्यको वातावरण बनेको ढकालले बताउनुभयो ।
फोहोरको स्वरुप,पोलिथिनको प्रयोग न्यूनीकरणका उपायलगायतका विषयमा अध्ययन, अनुसन्धान गर्न झण्डै ६ महिना लागेको उहाँको भनाइ छ ।
नगरका ८४ वटा निजी तथा सामुदायिक विद्यालय, सबै वडाका १ सय ९३ वटा टोलविकास संस्थामा पुगेर प्रत्येक स्थानमा नागरिकको सहयोगमा पोलिथिन टिपेर नगरभर पोलिथिन शून्य बनाइएको ढाकाले दावी गर्नुभयो ।
शून्य पोलिथिन अभियानका चरण
तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख बाशुदेव घिमिरेले आफूले जिम्मेवारी पाएको दिनदेखि नै नगरलाई स्वच्छ, सफा, सुन्दर, सभ्य र समृद्ध नगरको पहिचान दिने संकल्पका साथ शून्य पोलिथिन अभियान सुरु गरेको बताउनुभयो ।
शून्य पोलिथिनसम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सिम नेपालसँगको सहकार्यमा स्थानीय नागरिकलाई सचेतना जगाउने कार्यबाट अभियानको सुरु गरिएको हो ।
‘पोलिथिनको धेरै प्रयोग र फोहारलाई जहाँ फ्याके पनि हुन्छ भन्ने नागरिकको मानससिकतालाई अभियानले केही हदसम्म भए पनि चिर्न सफल भएको उहाँको दावी छ ।
आफनो खेतमा वर्षातको बेला बर्सेनि यसरी प्लाष्टिकसहितको फोहोर खेतमा आउँदा माटोको उर्वराशक्ति नष्ट हुदै गएकोले बाली उत्पादनमा कमि आएको उहाँले जानकारी दिनुभयो ।
सुरुमा नगरका संस्थागत र सामुदायिक गरी ८४ वटा विद्यालयबाट सचेतनामूलक कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ ।
टोल विकास संस्थाका प्रतिनिधिको सहयोगमा सडक, टोल, खेत, कुलामा भएका सबै पोलिथनहरू टिप्ने कार्य गरिएको उहाँले बताउनुभयो ।
शून्य पोलिथिनका सम्पूर्ण सूचकहरू पूरा गरेपछि बल्ल शून्य पोलिथिन नगर घोषणा गरिएको पूर्व नगर प्रमुख घिमिरेको दावी छ ।
घिमिरेका अनुसार शून्य पोलिथिनको व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक महिनाको १ गते र १५ गते नियमित वृहत सरसफाइ अभियान सञ्चालन गरिएको थियो ।
फोहारमैला व्यवस्थापन तथा सरसफाइ अभियानमा नगरबासी सबैको सहभागिता रहेको भनिएको थियो । फोहोरमैला व्यवस्थापन, शून्य पोलिथिन तथा पूर्ण सरसफाइयुक्त नगरपालिका अभियान कार्यान्वयन कार्यविधि २०७६ थियो ।
त्यसको कार्यान्वयनका लागि विभिन्न समिति गठन, निर्देशक समितिको काम, कर्तव्य र अधिकार, प्लाष्टिकका झोला, गिलास, प्लेट, चम्चा निषेधसम्बन्धी व्यवस्था सरोकारवालाको दायित्व, उत्पादकको दायित्व, फोहोरमैला व्यवस्थापन एवं शून्य पोलिथिन अभियानसम्बन्धी व्यवस्थामा घरपरिवार, निजी निर्माण स्थल, समाजिक संस्था, वित्तीय संस्था एवं सहकारी, शिक्षण संस्था, सरकारी कार्यालय, उद्योग, सबै प्रकारका होटल, सार्वजनिक स्थल, कृषिलगायत सरोकारवालाले पोलिथिन र फोहोर व्यवस्थापन गर्ने दायित्व, सचेतनामूलक कार्यक्रम, कसुर तथा दण्ड जरिवाना, अनुगमन, पुरस्कारलगायतको स्पस्ट कार्यविधि निर्माण गरिएको छ । यस कार्यविधिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सके शून्य पोलिथिन अभियान सफल हुने सरोकारवाला निकायको भनाइ छ ।
के भन्छन् स्थानीयबासी
रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ की साबित्रा घिमिरेले यो अभियानले नगरबासीहरूलाई प्लाष्टिक कम प्रयोग गर्नुपर्छ र जथाभावी फयााक्नु हुदैन भन्ने चेतनाको विकास भएको बताउनुभयो ।
यसको कार्यान्वयनका लागि नगरपालिकाले निरन्तर सचेतनाका कार्यक्रम सञ्चालन गरी शून्य पोलिथिन अभियानमा नागरिकलाई जागरुप गराउनुपर्नेमा उहाँको जोड छ ।
तिलोत्तमा नगरपालिका विपद् तथा वातावरण शाखा प्रमुख युवराज पन्थीले नगरका १ सय ९३ वटै टोल विकास संस्थालाई सरसफाइ तथा प्लाष्टिक प्रयोग नगर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
तिलोत्तमा ८ का हेमराज बस्याल भन्नुहुन्छ, ‘तिलोत्तमामा सार्वजनिक तथा निजी सवारीसाधनका यात्रुहरूले बाटोमा पोलिथिनजन्य फोहोर फ्याक्ने, पसलेहरूले पोलिथिनका झोलामा सामान दिने, नागरिकले बजार जाँदा झोला लिएर नजाने जस्ता कारणले शून्य पोलिथिन अभियान कार्यान्वनयमा कठिनाइ भएको हो ।’ कुलो, नहरले बगाएर ल्याउने प्लाष्टिक खेतखेतमा पुग्ने भएकाले यसको नियन्त्रणका लागि सचेतना जगाउनुको विकल्प नभएको स्थानीय हेमराजको भनाइ छ ।
घनश्याम न्यौपाने पेसाले किसान हुनुहुन्छ ।
आफनो खेतमा वर्षातको बेला बर्सेनि यसरी प्लाष्टिकसहितको फोहोर खेतमा आउँदा माटोको उर्वराशक्ति नष्ट हुदै गएकोले बाली उत्पादनमा कमि आएको उहाँले जानकारी दिनुभयो ।
सरोकारवालाको प्रतिबद्धता
त्यसोत शून्य पोलिथिन नगर घोषणा भएप्छि उद्योग तथा विभिन्न प्लाष्टिकजन्य फोहोर उत्पादन गर्ने संस्थाहरूले नगरपालिकाको परिपत्र अनुरूप अभियान सफल बनाउन सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
तर अहिले शून्य पोलिथिन अभियान कुनै एउटा पालिका तिलोत्तमाले मात्र सञ्चालन गरेर सफल हुन नसक्ने बताउनुहुन्छ पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष ददीराम खरेल ।
उहाँले आफनो संस्था माताहतका सवारी धनी र कर्मचारीलाई आफ्ना सवारीसाधनमा फोहोर फाल्ने भाँडो राख्ने र फोहोर बाहिर नफाल्न निर्देशन दिएको बताउनुभयो ।
प्लाष्टिक नियन्त्रणका लागि तिलोत्तमासँग जोडिएका अन्य पालिकाहरुसँग पनि सहकार्य गर्नुपर्ने खरेलको भनाइ छ ।
कार्यान्वयनमा शिथिलता
तिलोत्तमा नगरपालिकाका उप प्रमुख जगेश्वर देवी चौधरीका अनुसार तिलोत्तमा नगरपालिकामा नियमित सरसफाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।
हरेक स्थानमा नगर प्रमुख, उपप्रमुख प्रत्यक्ष पुगेको उहाँको दावी छ ।
तिलोत्तमाको कुलोमा आउने फोहोरलाई नियन्त्रण गर्न बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न सके ८० प्रतिशत फोहोर व्यवस्थित हुने कँडेलको भनाइ छ ।
४/५ महिना लगाएर नगरभरिको प्लाष्टिक टिपेर शून्य पोलिथिन नगर घोषणा गरेपछि पनि पुनः प्लाष्टिकजन्य फोहोर देखिनु दुःखको कुरा भएको उहाँले उल्लेख गर्नुभयो ।
तिलोत्तमा नगरपालिका विपद् तथा वातावरण शाखा प्रमुख युवराज पन्थीले नगरका १ सय ९३ वटै टोल विकास संस्थालाई सरसफाइ तथा प्लाष्टिक प्रयोग नगर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सरसफाइका लागि प्रत्येक वडामा दुईजनाका दरले १७ वटा वडामा ३४ जना सरसफाइ कर्मचारी खटाइएको छ ।
उनीहरूले सडक वा भित्री बाटोमा देखिएका प्लाष्टिकजन्य फोहोर र अन्य फोहोर तत्काल उठाउँछन् ।
नगरमा हरेक महिनाको १ र १५ गते जनप्रतिनिधिकै सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।
यो आर्थिक वर्षमा स्थानीय तहमा रहेका सबै संघसंस्थाको सहकार्यमा सरसफाइसम्बन्धी महाअभियान सञ्चालन गरेर तिलोत्तमा नगरपालिकालाई हरियाली र सुन्दर बनाउने योजना ल्याइएको छ ।
वातावरण विज्ञ युवराज कँडेलले यो नगर हुँदै अन्यत्र ओहोरदोहोर गर्ने यात्रु तथा सवारी साधनबाट बिस्कुट,चाउचाउ,पुकार,पानीका बोतलका खोलहरु फाल्ने प्रवृत्तिले पनि समस्या भएको बताउनुभयो ।
पहिले नगर प्रहरी, स्थानीय टोलका मान्छेले प्लाष्टिक वा कुनै पनि फोहोर बाटोमा फालेको देखेमा बाटोमै समातेर कारबाही गर्थे ।
‘अहिले बाटोमै हिँडेका मान्छेको पछि लाग्ने, कारवाही गर्ने वा प्लाष्टिक फाल्नु हुन्न भनेर सम्झाउने काम भएको छैन र त्यस्तो उत्साह छैन । बाहीरबाट आएका मान्छेहरूले पनि फ्याँक्छन् ।’ उहाँले थप्नुभयो ।
अर्को समस्या तिलोत्तमा नगरपालिकाभित्र सानाठुला गरेर दुई सय किलोमिटर कुलोको भाग पर्दछ ।
शून्य पोलिथिन अभियानदेखि घोषणा गर्दासम्मको चरणमा तिलोत्तमा नगरपालिकाले सिम नेपाल संस्थालाई भ्याटसहित रु अठ्ठाईस लाख रुपैयाँ भुक्तानी गरेको छ । स्वस्फूर्त यस अभियानमा नागरिकले गरेको श्रमदानको मूल्य तोकिएको छैन ।
बुटवलबाट बगेर आएको फोहोर तिलोत्तमा नगरपालिकाको हरैया, बिष्ण्ुापुरा, बेवरी, दिपनगर मदरानीलगायतका गाँउका खेतखेतमा जान्छ र त्यो फोहोरमा प्लाष्टिकको मात्रा अत्यधिक हुन्छ ।
तिलोत्तमाको कुलोमा आउने फोहोरलाई नियन्त्रण गर्न बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्न सके ८० प्रतिशत फोहोर व्यवस्थित हुने कँडेलको भनाइ छ ।
नगरप्रवेश गर्ने सडक वा प्रवेश बिन्दुमै ‘शून्य पोलिथिन नगरपालिका फोहोर फ्याँक्न मनाही छ’ भन्ने सूचना देखिने गरि राख्नु पर्नेमा उहाँको जोड छ ।
तिलोत्तमा नगरपालिकाले वातावरण निरीक्षण तथा सरसफाइका लागि समिति नै गठन गरेर त्यसमार्फत निगरानी, सचेतना जस्ता कार्य गर्र्न सकिने सुझाव दिँदै पोलिथिन टिपेर एक पटकलाई मात्र शून्य बनाएर नगर पोलिथिन मुक्त हुन नसक्ने धारणा वातावरण विज्ञ युवराज कँडेलको छ ।
के गर्दैछ नयाँ नेतृत्व
मानव र वातावरणबीचको सम्बन्ध सुमधुर राख्न वातावरण व्यवस्थापन अपरिहार्य हुन्छ । यसर्थ मानव जीवनलाई स्वच्छ वनाउन सबैभन्दा पहिले स्वयं नागरिक वातावरण स्वच्छ राख्नका लागि जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण ।
२०७९ को स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि शून्य पोलिथिन अभियान कार्यक्रमलाई निरन्तरता दिन नगरको वातावरण शाखासँग समन्वय गरि विशेष योजना बनाएको उहाँको दावी छ ।
तिलोत्तमा नगरपालिकाभित्र पबेश गर्दा हरेक व्यक्तिले स्वच्छ र सफा नगरको महसुस गर्न सकून् भन्ने गरि फोहोर व्यवस्थापन कार्यमा नगरपालिका लागिरहेको नगर प्रमुखले खाणको भनाइ छ ।
‘मुख्य सडकमा बैंकहरूसँग एकएक स्टेशनमा सामाजिक उत्तरदायित्व अन्तर्गत हरीयाली प्रवद्र्धनको लागि सहकार्य गरेका छौँ । तिलोत्तमाका नागरिकले घरभित्रबाट फ्याँकेको प्लाष्टिकजन्य फोहोरभन्दा बाहिरबाट सार्वजनिक यातायातमा आएका यात्रुहरूले प्लाष्टिकका पानीका बोतल, चाउचाउको खोल, सूर्तिजन्य बस्तुका खोलहरु सडकमा देखिएका छन् भने बाहिरबाट आएर निर्माणकार्यमा संलग्न मजदुरहरूले पनि निर्माणकार्य वरिपरि प्लाष्टिकजन्य फोहोर फ्याँक्ने गरेको पाइएको छ ।’ खाणले थप्नुभयो ।
सबै टोल विकास संस्थाका प्रतिनिधिलाई प्लाष्टिकका बारेमा सचेतनामूलक कार्यक्रक सञ्चालन गर्ने, उनीहरूलाई यसको न्यूनीकरणका लागि विषेश भूमिकासहितको जीम्मेवारी दिने र सबै नागरिकलाई प्लाष्टिक कम प्रयोग गर्नेबारे सचेतना जगाउने योजना नगरपालिकाको नेतृत्वले बनाएको छ ।
शून्य पोलिथिन नगर घोषणा गर्नु र घोषणा गरेको ३ वर्ष हुदाँसम्म अभियानको कार्यान्वयन फितलो हुनु, किसानको समस्या सम्बोधन नहुनुमा पहिले र अहिलेको नेतृत्व दुवै जिम्मेवार नभएको स्पष्ट देखिन्छ ।
सीमाना जोडिएका पालिकाहरूसँग सहकार्य गर्न योजना बनाएको जानकारी दिँदै नगरप्रमुख खाणले भन्नुभयो, ‘प्लाष्टिक टिप्न म स्वयम् प्रमुख, उपप्रमुख ,कार्यपालिका सदस्य, वडा अध्यक्षलगायत हामी सबै जनप्रतिनिधि, कर्मचारी प्लाष्टिक टिप्न लागिरहेका छौँ । अव हामीले आफ्नो जिवनसंग सरसफाई, हरीयाली र वातावरण जोडिएको छ भन्ने विषयमा सबै नागरिकलाई सचेतना जगाएर तिलोत्तमामा फोहोरमैला गर्नु हुदैन र म सभ्य नागरिक हुँ भन्ने नागरिकलाई आत्मबोध गराएर अगाडि बढ्नेछौँ । यस नगरपालिकामा सडक अतिक्रमण गर्ने, घर टहराहरू बनाउने इरिक्सा जथाभावी सञ्चालनमा ल्याउने कार्यलाई व्यवस्थित बनाएर सबै सरोकारवालासँग सहकार्य गरेर प्लाष्टिक सरसफाइलगायत सबै क्षेत्रमा तिलोत्तमा अहिले जुन उचाईमा छ यो भन्दा थप उचाईमा पुरयाउने योजना छ।’
शून्य पोलिथिन अभियानदेखि घोषणा गर्दासम्मको चरणमा तिलोत्तमा नगरपालिकाले सिम नेपाल संस्थालाई भ्याटसहित रु अठ्ठाईस लाख रुपैयाँ भुक्तानी गरेको छ ।
स्वस्फूर्त यस अभियानमा नागरिकले गरेको श्रमदानको मूल्य तोकिएको छैन ।
यसका साथै प्रत्येक वडामा दुईजना कर्मचारी प्लाष्टिक टिप्नकै लागि राखिएको छ । नगरले हालसम्म विभिन्न जनचेतनामूलक कार्यक्रममा खर्च गरिरहेको छ ।
अन्य पालिकाहरूले पोलिथिन न्यूनीकरणमा ध्यान नदिनु र तिलोत्तमाले पनि सहकार्य नगर्दा बुटवलबाट कुलोमा वगेर आउने प्लाष्टिकजन्य फोहोर खेतियोग्य जमिनमा पुगेको छ र यसले माटोको ऊर्वराशक्ति घट्दै गएको छ ।
सार्बजनिक तथा निजी सवारीधनका यात्रुहरूले बाटोमै प्लाष्टिक फ्याँक्ने गरेका छन् । तिलोत्तमा नगरमा शून्य पोलिथिन अभियान सञ्चालन गर्नाले देशैभर चर्चा कमाएको अर्थमा पूर्व नगरप्रमुख बासुदेव घिमिरेको नेतृत्वले जस पाएको थियो ।
तर शून्य पोलिथिन नगर घोषणा गर्नु र घोषणा गरेको ३ वर्ष हुदाँसम्म अभियानको कार्यान्वयन फितलो हुनु, किसानको समस्या सम्बोधन नहुनुमा पहिले र अहिलेको नेतृत्व दुवै जिम्मेवार नभएको स्पष्ट देखिन्छ ।
शून्य पोलिथिन अभियान यस क्षेत्रको मात्र नभएर राष्ट्रकै गौरवको योजना भएको हुनाले स्थानिय सरकार यस विषयमा गम्भीर हुन आवश्यक छ ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९, १३:००