काठमाडौँ । बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार २५ वर्षीय सुजाता चौधरी, उहाँका तीन वर्षीय छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको हो ।
प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा पर्ने प्रस्टोकाबाट करिब दुई किलोमिटर उत्तरमा पर्ने ढोरा खोला किनारमा उनीहरू मृत भेटिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
यसैबिच, श्रीमती र छोरा छोरीको हत्या गरेको अभियोगमा दीपेन्द्र चौधरीलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९, १८:१५