काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यो नम्बरमा फोन गरेर निर्वाचन सम्बन्धी प्रश्न सोध्न र समाधान पाउन सकिने छ । आम नागरिक तथा मतदाताका निर्वाचन सम्बन्धी जिज्ञासा सम्बोधन गर्न उपयोगी हुने भएकाले टोल फ्री सञ्चालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबिच, निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन सुरु गरेको छ । हिजोदेखि समानुपातिक निर्वाचनतर्फको मतपत्र ढुवानी सुरु भएको आयोगले जनाएको छ । हिजो सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, सप्तरी, सिराहा धनुषा लगायत ८ जिल्लामा नेपाली सेनाको निगरानीमा मतपत्र पठाइएको हो । अन्य जिल्लामा पनि मतपत्र सहित आवश्यक निर्वाचन सामाग्री पनि धमाधम पठाइने आयोगले जनाएको छ । असोज ३१ गतेसम्म सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र पठाइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
समानुपातिकतर्फका उम्मेदवारको योग्यता सम्बन्धमा आजसम्म दाबी विरोध गर्न पाइने आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा तर्फ समानुपातिकतर्फका उम्मेदवारको योग्यताबारे कसैले दाबी विरोधसम्बन्धी उजुरी गर्न चाहेमा शनिवार साँझ ५ बजेसम्मको समय तोकिएको छ । कुनै पनि व्यक्तिले आयोगले तोकेको ढाँचामा आयोगमा उजुरी गर्न पाउने
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९, ११:५३