काठमाडौँ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशबाट यस वर्षको मनसुन आजदेखि बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार गत भदौ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आज बाहिरिएको हो ।
‘बाँकी भूभागबाट मनसुन बाहिरिन अझैँ केही दिन लाग्ने सम्भावना रहेको छ ।’ विभागले निकालेको सूचनामा भनिएको छ ।
सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गगरी बाहिरिन सुरु भएको हो ।
मौसम बािहिरनेक्रम सुरु भएसँगै मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान ७ बजे जारी गर्दै आएको बाढी पूर्वानुमान बुटेलिन बन्द गरेको छ भने बाढी पूर्वसूचनाको लागि सञ्चालन गरिएकव टोलफ्री नम्बर ११५५ अर्को मनसुनसम्मका लागि स्थगन गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९, १५:०७