काठमाडौं ।
नाम : भगवति कार्की । बसाइ : बागमति सुकुम्बासी बस्ती । पेशा : घरको काम अर्थात् घरायसी काम सघाउने । घर सफा गर्ने, कपडा धुने, भाँडा माझ्ने, खाजा/खाना बनाउने, विस्ताराहरु मिलाउने उहाँको दैनिकी हो ।
भगवतिले अरुको घरमा गएर काम गर्न थालेको १५ वर्ष भयो । सुरुवाती समयमा उहाँ एकदिनमा ४ देखि ५ घरकोसम्म काम गर्नुहुन्थ्यो । श्रमको सिद्धान्तले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्छ । तर भगवतीको जीवनमा यो सिद्धान्त लागू हुँदैन । बिहान उठेदेखि झमक्क साँझ नपरुन्जेल काम मै व्यस्त ।
भगवति भन्नुहुन्छ, ‘कोही ठाउँमा त ५/६ तलासम्म पुछ्नुपर्छ । कोहीले त तीन चोटीसम्म पुछ्न लगाउनुहुन्छ । भ¥याङमा तार बेरेको हुन्छ, मार्बलमा पहेंलो बस्छ भनेर घोट्न लगाउनुहुन्छ । सरफपानी, टल्काउने अर्के हुन्छ । जाडो महिनामा चप्पल लगाउन पाइदैन ।’
घरको काम कहिल्यै सकिंदैन । अब जान्छु नि भनेपनि यति त हो नि सकेर जाऊ न भन्छन् । आज बिरामी छु नि भन्न पनि पाइदैन । बिस्तारै आएर गरिदेऊ न भन्छन् । चाँडबाड अरुका निम्ती खुशी लिएर आउँछ तर भगवति जस्ता घरका काम गर्नेलाई दुःख थपिन्छ ।
घरको काम कहिल्यै सकिंदैन । अब जान्छु नि भनेपनि यति त हो नि सकेर जाऊ न भन्छन् । आज बिरामी छु नि भन्न पनि पाइदैन । बिस्तारै आएर गरिदेऊ न भन्छन् ।
‘घरको काम नसिद्धिएसम्म गर्नुपर्छ, भगवतिले अगाडी थप्नुभयो, ‘अब त यति सकियो जान्छु भन्न नपाइने । यति गरिदेऊ, भोलीलाई सजिलो हुन्छ भन्नुहुन्छ ।’
चितवनका लक्ष्मी परियार पनि काठमाडौंमा घरकै काम गर्नुहुन्छ । परियारले भन्नुभयो, ‘दुईवटा घरमा काम गर्थें, एउटा त राम्र्रै थियो तर अर्कोमा त्यति राम्रो थिएन । खाजाको व्यवस्था पनि थिएन ।’
जिफन्टको तथ्यांक अनुसार नेपालमा घरेलु श्रमिकको संख्या ४४ हजार छ । अधिंकाशलाई आफ्नो अधिकारको विषयमा जानकारी भने छैन ।
श्रमिकको क्षेत्रमा काम गर्ने संस्था होम नेट नेपालका कार्यकारी निर्देशक ओम थपलिया घरेलु श्रमिकका लागि सरकारले पहिचान र सीप प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताउनुहुन्छ ।
थपलियाले भन्नुभयो, ‘सूचिकृत गरिदिने, फलानो घरमा फलानो घरेलु श्रमिकले काम गर्नुहुन्छ भनेर के काम गर्ने हो काम उल्लेख गरेर यति ज्याला पाउनुहुन्छ उहाँले भनिदियो भने भोली त्यो कामदारमाथि अन्याय भयो÷हिंसा भयो भने पनि न्यायका लागि सजिलो हुन्छ, भन्ने ठाउँ हुन्छ ।’
सरकारले मजदुरका लागि भन्दै विभिन्न कार्यक्रम ल्याएको छ । तर घरेलु श्रमिकलाई श्रम ऐन, न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कुनै पनि कार्यक्रममा छुन सकेको छैन ।
सरकारले मजदुरका लागि भन्दै विभिन्न कार्यक्रम ल्याएको छ । तर घरेलु श्रमिकलाई श्रम ऐन, न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कुनै पनि कार्यक्रममा छुन सकेको छैन । श्रम मन्त्रालयका उप सचिव सुजन जोजीजु अनौपचारिक क्षेत्रलाई नै परिभाषित गर्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ ।
जोजीजुले अगाडी भन्नुभयो, ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा चै नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो यो क्षेत्र अनौपचारिक हो भनिसकेपछि मात्रै त्यसको लागि योजना आउन सक्छ ।’
काम धेरै, ज्याला कम । न समयमा खाना खाजाको व्यवस्था । पुसको ठण्डी, जति नै तलाको घर भएपनि पुछ्नै प¥यो । अहिले भगवति एउटा मात्रै घरमा काम गर्नुहुन्छ । हातहरु सुन्निएका छन् । घुँडा दुख्ने समस्या थपिएको छ । घरभित्र काम गर्ने श्रमिकका स्वास्थ्य समस्या थपिदैछ, घरमा काम गर्दा घरेलू हिंसा पनि बेहोर्नु परिरहेको छ ।
घरमा झन समस्या :
काम गर्ने ठाउँमा त समस्या छदैंछ । तर भगवतिलाई समस्याले घरमा पनि छोडेको छैन । दुबै सन्तान अपाङ्ग छन् । दुबै सन्तानलाई घरमै छोडेर जानुपर्छ । हेरिदिने मान्छे छैनन् । जेठो छोरालाई त बाँधेर हिड्ने गरेको उहाँ बताउनुहुन्छ ।
अस्पताल पनि पु¥याउनुभयो । डाक्टरले खास रोग फेला पारेनन् । कुपोषणका कारण यस्तो भएको भन्ने भगवतिले थाहा पाउनुभएको छ । भगवतिले निराशा सुनाउनुभयो, ‘समयमा उपचार गर्न सकेको भए निको हुन्थ्यो कि, सकिएन ।’
उहाँले अगाडी भन्नुभयो, ‘डाक्टरले राम्रो स्याहार गर्नु, फिजियो थेरापी गराउनु, हिडाउनु भन्नुहुन्छ । अब म उनीहरुको स्याहार गरेर बस्न थालेंभने कमाउन को जान्छ ?’
शहरमा मान्छेहरु व्यस्त छन् । त्यही व्यस्तताका कारण अधिकांश मान्छे घरको काम सघाउन सहयोगी अर्थात् काम गर्ने मान्छे राख्छन् । घरको सबै काम सघाएर अरुलाई सजिलो बनाइदिने कामदारको जीवन भने निकै अप्ठ्यारोसँग चलिरहेको छ ।
बच्चा जन्मिने बेलामा डाक्टरले राम्रो भनेका थिए । तर राम्रो हेरचाह गर्न नसकेपछि दुबै सन्तान कुपोषणको सिकार भए । पोषिलो चिज खुवाउनै पाउनुभएन ।
वर्खा आउँछ, बाढी लिएर । बागमति खोला सुकुम्बासी बस्तीमा रहेको भगवतिको कोठामा छिर्छ । हिड्न नसक्ने सन्तानलाई बोकेर अन्तै हिड्नु कि त्यहीं छोड्नु, भगवतिलाई झन पीर थपिन्छ ।
३०० बाट सुरु भएको भगवतिको ज्याला १५ वर्षमा ३ हजार पुग्यो । तर दुःखका पहाड त्यो भन्दा निकै अग्लो छ । हिजोआज भगवतिलाई कामको भारीले भन्दा दुःखको भारीले बढि थिच्छ ।
रोग र समस्याको भारी । अर्काको घरमा काम गर्न जानै मन लाग्दैन । तर आमा भएर सन्तानलाई भोकै राख्नपनि सक्नुहुन्न उहाँ । तिनै छोराछोरीलाई दुई छाक खुवाउनकै लागि भएपनि अर्काको घरमा काम नगरि हुँदैन ।
सरकारसँग भगवतिको अपेक्षा धेरै ठूलो छैन, ‘दुःख बिरामी पर्दा बिदा भइदेओस्, औषधिको व्यवस्था भइदेओस् । आफ्नो काम सकिएपछि समयमा घर जान पाइयोस् ।’
शहरमा मान्छेहरु व्यस्त छन् । त्यही व्यस्तताका कारण अधिकांश मान्छे घरको काम सघाउन सहयोगी अर्थात् काम गर्ने मान्छे राख्छन् । घरको सबै काम सघाएर अरुलाई सजिलो बनाइदिने कामदारको जीवन भने निकै अप्ठ्यारोसँग चलिरहेको छ ।
अडियो सुन्न तल क्लिक गर्नुहोस् :
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६, १५:०७