हेटौँडा । मङ्सिर ४ मा हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मत माग्न व्यस्त भएका छन् ।
प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार क्षेत्र रहेको मकवानपुरमा चुनावी सरगर्मी बढेको छ ।
मकवानपुर क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर २ मा १ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लामा एक पटक पनि पराजित नभएकादेखि पटकपटक हार बेहोरेका नेता पनि यसपटकको प्रतिस्पर्धामा छन् ।
यसपटक प्रतिनिधि सभातर्फ मकवानपुर १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
यहाँ सत्ता गठबन्धनबाट काँग्रेस नेता महालक्ष्मी उपाध्याय डीना, एमाले र राप्रपा नेपालका साझा उम्मेदवारका रुपमा कमल थापा अनि राप्रपाका दीपकबहादुर सिंहको उम्मेदवारी छ ।
मुख्य रुपमा उपाध्याय, थापा र सिंहबिच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
सत्ता गठबन्धनको साथ मात्र नभएर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो र प्रभावकारी भूमिकाका कारण आपूmले निर्वाचन जित्ने काँग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय बताउनुहुन्छ ।
राष्ट्रिय राजनीतिका चतुर खेलाडी मानिने कमल थापा यस पटक नेकपा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ ।
यो अवस्थालाई कतिपयले असहज भने पनि उहाँले भने एमालेकै आग्रहमा आपूmले एमालेसँग सहकार्य गरेर उम्मेदवार बनेको बताउनुभयो ।
लामो समय सहकार्य गरेका थापा र सिंह यसपटक आफैँ प्रतिस्पर्धामा हुनुले पनि यो क्षेत्रको निर्वाचनलाई थप रोचक बनाएको छ ।
गत स्थानीय निर्वाचनमा हेटौँडाको मेयरमा दोस्रो स्थानमा रहनेगरि मत पाउनु भएका राप्रपाका दीपकबहादुर सिंहले नागरिकले खोजेको परिवर्तन राप्रपाले मात्र दिन सक्ने भएकाले आफू नै विजयी हुने दाबी गर्नुभयो ।
ठूला दलका उम्मेदवार मात्र नभइ साना दलका र स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो जित हुने दाबी गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९, १२:१२