ए ! हनहनी पो आएछ त । अहो ! मिस, उहाँलाई ज्वरो आएछ, निकै तातिनु भएछ शर्मिला मिस त ।
'आराम गर्नुहोस् मिस।'
भदौ १९ गतेको बिहान ।
सहकर्मी अन्जु मिसले यसो भन्दा मन त एकछिन कतै ढल्कौँ लागेके थियो तर आफ्नो जिम्मेवारी पूरा गर्न बाँकी भएका कारण तत्काल त्यसो गर्न सकिन ।
शिक्षण सहकर्मीहरुबीच गरिने बैठक विद्यालयमा सुरु भयो । विषय थियो 'व्याकरण शिक्षण र विधा शिक्षणमा देखा परेका चुनौती अनि समाधानका उपायहरू'
दुईजना सहकर्मी शिक्षकले विचार राखीसक्नुभएको थियो। मैले सहजै जवाफ दिएँ, 'हैन सक्छु बस्न म । खासै केही भएको हैन । सामान्य ज्वरो आएको होला।'
मुखमा यति भने पनि त्यो दिन शरीर यति पोलेको थियो कि मानौँ म आगोको लप्काबाट सेकिएकी छु । निकै तातो अनुभव भइरहेको थियो ।
तर मलाई जान्नु थियो, 'कसरी शिक्षण गर्ने ? नयाँ विधि के हुन सक्छन्' भन्ने बारे ।
अग्रज तथा अनुजका कुरा सुन्दै धेरै कुरा जान्न सकिन्छ भन्ने ठानेर छलफलमा सहभागी भएँ । किन बच्चाहरू असावधानिगत त्रुटि गर्दछन् ? बहस र छलफल त्यसैमा केन्द्रीत थियो ।
मध्यान्ह साढे १२ बजेपछि मलाई झनै गाह्रो हुन थाल्यो ।
जतिसुकै बलियो हुन कोसिस गरे पनि आत्मरक्षा प्रणालीले हार खाँदै गएको महसुस गरेँ ।
'कीरा, फट्याङ्ग्रा, जीवजन्तु र मान्छेले पनि पीडाको सह्दयीकरण गर्न सकेको भए याहाँ सायद कोही दुखी र आततायी हुनुपर्ने थिएन ।'
यसै सोच्दै सहयोगी दिदीलाई 'ब्रुफिन' दुखाइ कम गर्ने औषधि लिन अनुरोध गरेँ ।
दिउँसो साढे ४ बजेसम्म केही राहतको महसुस भयो । एससीएलको अन्तिम शत्रसम्म बसेँ ।
सामाजिक संवेगात्मक सिकाइ अमूर्त कुरा हो ।
यसको जतिसुकै व्याख्या र विश्लेषण गरे पनि अर्को नयाँ तर्कले त्यसलाई काट्न सक्छ । तपाईंलाई सही र सत्य लागेका कुरा अरुलाई पृथक लाग्न सक्छ ।
अनि त चिन्तन, मनन् र खोजे आजपर्यन्त निरन्तरता पाएको छ ।
'म केही खान्न, सुत्छु बरू । कस्तो टाउको दुखेको छ, जीउ तातिरहेको छ।' घर फर्किसकेपछि साँझ आमालाई रूखो, ठाडो स्वरमा भने ।
उहाँ भने 'सधैँ नुहाउँछे, राति राम्ररी सुत्दिन, कहिले के हुन्छ ? कहिले के' भन्दै नजिकैबाट बर्बराइरहनु भए पनि निकै टाढा कतैबाट बोले जस्तो सुनेँ ।
शरीरले साथ निदएका कारण मेरो सोचाइ, बुझाइमा कम्जोरी थियो होला तर आमाको कुरामा कति मीठास भेटेँ, अपन्तव र वात्सल्य पनि। मेरी सानी छोरी भन्दा पनि आफूलाई अझैँ सानो महसुस गरेँ।
बालबालिकाहरुमा देखिने जिज्ञासु स्वभावका कारण जतिसुकै दुख, पीडा भए पनि खुसीका साथ प्रस्तुत हुन मन लाग्छ मलाई । उक्त दिन भने आफ्नै कुरा राखेर पठनपाठनको सुरुवात गरेँ । ज्वरो आएको र धेरै बोल्न नसक्ने जानकारी गराएँ ।
'कठै ! तिम्रो वात्सल्यता र ममता, कति अपार छ आमा ।'
जीवनमा ससाना कुरालाई सहजै पन्छाउदै हिँड्ने म आफूलाई निकै बलियो र बहादुर सम्झन्थेँ। जाबो ज्वरो, रूघाखोकी त के होर जस्तो लाग्थ्यो ।
यस्तो विषयमा आफू नै कम्जोर भए छोराछोरीले सानो मन गर्लान् भन्ने लाग्ने रहेछ उमेर र जिम्मेवारी बढ्दै जाँदा ।
'के भयो मामु ?'छोराको अकस्मातको प्रश्नपछि झसङ्ग भएँ र सहज दिखिने अनि सुनिने कोसिसका साथ भनेँ 'टाउको दुख्यो छोरा । औषधि खान्छु, सन्चो होला ।'
विषय म यसकारण अन्तै लैजान चाहान्थेँ कि उसले मेरो बारेमा चिन्ता नगरोस् ।
'तिमीले आज स्कुलमा के गर्यौ?' मेरो सवालमा उसले सास नफेरी यो, त्यो, यस्तो, त्यस्तो आदि सुनायो ।
उफ ! जीउमा आगो बलेझैँ भइरह्यो ।
पानी खाएँ । छोराले थर्ममिटर लगायो । ज्वरो त ९९.५ बाट सुरू हुँदै १००,१०२, १०४, सम्म पुग्यो ।
'ओहो ! कति धेरै ज्वरो ।' भन्दै उसले सकिनसकी पानीपट्टी लगाउन थाल्यो । 'मामु अब सन्चो हुन्छ हजुरलाई ।' भन्दै मलाई गालामा म्वाइ खायो ।
यतिखेर मैले आसुँ थाम्नै सकिन । शरीरको रापले या छोराको स्याहारसुसार, चिन्ता । खै के कुराले सम्हाल्नै सकिन । ऊ पनि रोयो ।
'तिमी सुत । म भोलिसम्म निको हुन्छु । अब पानी पट्टीले ठीक हुन्छ।' यति भन्दै मैले निदाएको बहाना गरेँ ।
तर उसले दुईपटक उठेर आयो र मलाई हेर्यो ।
सायद उसले निदाएको फेरिफेरि निश्चित गर्न चाहन्थ्यो र सुत्यो।
म भने रातभरि निदाउनै सकिन। काम ज्वरो के रहेछ भन्ने कुरा त्यस रात मैले अनुभव गरेँ ।
सिरक थपेँ । छोराछोरीको सिरक पनि ओढेँ तर अझैँ जाडो लाग्ने भयो ।
ब्रुफिन खानका लागि उठ्न खोजेँ । न आँखा दुखेर खोल्न मिल्छ न ज्यान गलेर उठ्न ।
'मैले जसरी पनि औषधि खान सक्नु पर्छ। उठ्नु पर्छ । सबैको मृत्यु निश्चित छ एक दिन । सांसारिक मोह त्याग्नुपर्छ ।' यसरी सोचेँ तर म अहिले नै तयार छैन।
छेउमा सुतेकी ४ वर्षे छोरी र पल्लो बेडको छोरालाई हेरेँ ।
'छोरी चार वर्ष पुगी, आमासँग रत्तिन्छे, रमाउँछे । छोरो ८ वर्ष भयो । बुझ्छ, पढीलेखी भोलि आफ्नो जीउ पाल्न सक्छ। मलाई केही भयो भने पनि यिनीहरू बाँच्न सक्छन् ।'
मनमनै सोच्दै गर्दा बुवा तल झर्नुभयो ।
मेरो स्वास्थ्य बारेको उहाँको सोधखोजमा केही नभएको, रुघाखोकी लागेको भनेपछि ख्याल गर्न आग्रह गर्दै फर्कनुभयो ।
मलाई भने भमिट गर्न हतार । १ पटक, २ पटक,…..१० औँ पटक बान्ता । ओहो औषधि खाए पेटमा अडिन्न, पानी खाए पनि अडिन्न ।
अरू कुरा हेर्ने मन छैन। हातखुट्टा बाउँडिएको छ। जीउ दुखेर हैरान, ज्वरोले रापिएको र निरन्तरको वान्ता ।
संसारको लगभग सबै दु: ख, कष्टसँग साक्षातकार भएको जस्तो लाग्यो मलाई ।
आँट गरेर औषधि खोलेँ र पानीको सहायताले जबर्जस्ती निलेँ ।
अरु बेलामा भरि बोतल, बाल्टी र बाँटा बोकेर उठबस गर्न सक्ने मलाई त्यस रात बोतल खोल्न धौधौ भयो ।
त्यस रात नसुतिकनै बित्यो ।
भोलिपल्ट म स्कुल जान बिहानै हतारिएँ । उता आमा चिन्ता गर्दै कराउनुभयो, 'धन्य छोरी तेरो आँट ! यस्तो बिरामी भएर पनि स्कुल जान्छु भन्ने ? फेन्ट भइस भने कसले उठाउँछ।'
आमालाई मेरो र मलाई अध्यापन गरिरहेको विद्यालयको चिन्ता ।
परीक्षा आउँदै गरेको र बालबालिकाले नेपाली विषय गार्हो मान्ने भएका कारण सिकाउनै पर्ने उद्देश्यका साथ विद्यालय जान खोजेको बताएँ ।
अनुहार अघिल्लो दिनबाटै सुन्निएको थियो । हातखुट्टा पनि सुन्निएको थियो भने पिसाबबाट रगत बगेको थियो । स्लाइनका लागि नर्सले नसा खोज्न थालिन् हातमा । स्लाइन दिन सुरु गरेको केही समयमा रिपोर्ट त डेङ्गी पुष्टि भएको पो आयो ।
कक्षा ९ को बिहानको समयको पठनपाठन सुरु गर्न खोजेँ।
बालबालिकाहरुमा देखिने जिज्ञासु स्वभावका कारण जतिसुकै दुख, पीडा भए पनि खुसीका साथ प्रस्तुत हुन मन लाग्छ मलाई ।
उक्त दिन भने आफ्नै कुरा राखेर पठनपाठनको सुरुवात गरेँ । ज्वरो आएको र धेरै बोल्न नसक्ने जानकारी गराएँ ।
प्रश्नोत्तरको अभ्यास गर्ने, लेख्न न आए आफूले सिकाउने र हरेक टेवलमा पुग्छु भनेँ ।
'तपाईं शान्तसगँ पठनवोध गरी उत्तर लेख्ने कोसिस गरेर मलाई सघाउनुहोस् है ?' मेरो यो प्रश्नको जवाफमा सबैले हस् भनेर स्वीकृति जनाए ।
विद्यार्थीको मनोभावना अनुरूप नै शिक्षण गर्नु पर्छ भन्ने शिक्षा शास्त्रको मान्यता छ ।
बिरामी भएको बेलामा १२-१४ वर्षका केटाकेटीले मेरो मनोभावना बुझेको देखेर भावुक पनि भएँ ।
ज्वरो बढ्दै गयो । हिँड्ने तागत थिएन, खाना खाने मन पनि ।
तीन वटा कक्षा क्रियाकलाप गराइसकेपछि दिउँसो २:१० पछि बस्नै सकिन ।
महेन्द्र सरलाई भने, 'मलाई गार्हो भयो । जीउहात धेरै दुखेको छ। हिजोदेखि ज्वरो आएको छ । कक्षामा जान सक्दिन ।'
डेङ्गी हो कि भन्ने शङ्का उहाँको प्रश्नमा थियो । मौसमी रूघाखोकी र ज्वरो हुनसक्छ भनेर निस्किएँ ।
ज्वरो घट्दैन । खान मन लाग्दैन । दुखाइ कम गर्न फेरि ब्रुफिन खाएँ। जीवनजल पनि ।
बिरामी भएको बेलामा दिन कट्छ तर रात काट्न मुस्किल हुन्छ । लगातारको ज्वरोपछि ओच्छ्यानसगँ डराउन थालेँ म । गेष्टरूममा गएर सुतेँ तर ज्वरो उत्तीकै छ । रातभरि छट्पटी भएर निदाउन सकिन ।
तेस्रो दिन, अब ज्वरोसहितको दुखाइ थेग्न नसक्ने आमा र भाइलाई सुनाएँ । उहाँहरु झन् चिन्तित हुनुभयो ।
नजिकैको गान्धी अस्पताल हिँडेर पुग्न कम्ति कष्टकर लागेन । हिँड्न नसकी रोएको देखेर भाइ पनि भावुक भयो ।
'२ घण्टा निगरानीमा राख्ने हो । उहाँलाई सपोर्ट दिएर इमर्जेन्सीमा लैजानुस् ।' भनेर डाक्टरले नर्सलाई अह्राए । तर मैले म आफै हिँड्न सक्छु भने।
डाक्टरले निधार छामेर मधुरो स्वरमा 'नआत्तिनुस् । सबै जाँच हुन्छ । स्लाइन सुरू गरेपछि तपाईंलाई अझै सहज हुदै जान्छ ।' भन्दा मेरो प्रतिप्रश्न भोलि स्कुल जान सक्छु कि सक्दिन ? भन्नेमा केन्द्रीत थियो ।
अहिले मलाई लाग्छ म धेरै थला पर्नुमा कतै तीन दिनसम्मको लगातारको ब्रुफिन पनि कारक पो थियो कि ? दुखाइ केही कम भयो। त्योभन्दा पनि धेरै त ममा आत्मविश्वास बढ्न थाल्यो । करिब पाँच दिनको आराम र नियमितको औषधि सेवनपछि ज्वरो विस्तारै घट्यो ।
मुस्कुराउँदै ती डाक्टरले भने, 'दुईदिन आराम गर्नु पर्छ । फेरि जाँचेर रिपोर्ट हेर्नु पर्छ । म बाहिर मुस्कुराएको बहाना गरे पनि भित्रभित्रै चिन्तित थिएँ ।
अनुहार अघिल्लो दिनबाटै सुन्निएको थियो । हातखुट्टा पनि सुन्निएको थियो भने पिसाबबाट रगत बगेको थियो ।
स्लाइनका लागि नर्सले नसा खोज्न थालिन् हातमा । स्लाइन दिन सुरु गरेको केही समयमा रिपोर्ट त डेङ्गी पुष्टि भएको पो आयो ।
प्लेटलेट, सीबीसी, हेमोग्लोविन सबै घटेछ । यता स्लाइन सुरू भयो, १-२-३ बोतल ।
'अब त पर्दैन होला ।' मैले हतारिँदै नर्सलाई भनेँ ।
यो अन्तिम स्लाइन हो भन्ने उनको कुरा थियो ।
मलाई अप्रिय लाग्नेमध्ये हस्पिटलका बेड पनि हुन्। किन कि म धेरै पटक यस्ता बेडसँग थलिएकी छु । तर यीनै बेडमा बसेर पूनर्जीवन पाइन्छ ।
नर्स र डाक्टर भने असाध्यै प्रिय लाग्छन् । म जहिले पनि डाक्टरको सदासयता र सद्भावको लागि धन्यवाद भन्न भुल्दिन ।
अझैँ देखिने लक्षण, त्यसले पार्ने प्रभावका बारेमा डाक्टरको सल्लाहलाई आत्मसात गरेर सोही दिन औषधि लिएर हामी करिब ५ घण्टापछि घर फर्क्यौँ ।
दुखाइ कम गर्नका लागि ब्रुफिनको मनलाग्दी सेवन गर्नु डेङ्गीका बिरामीका लागि खतरनाक रहेछ भन्ने कुराको ज्ञान उपचारका लागि अस्पताल गएपछि मात्रै मिल्यो ।
आफू पनि यस्तो स्वास्थ्य समस्याबाट गुज्रिएपछि मैले धेरै चिकित्सकका भनाइ र विचारहरु फलो गर्न थालेँ । डेङ्गी भएको समयमा पिसाब, नाक, मुखलगायतका शरीरका विभिन्न भागबाट रगत आउनु खतरा मानिने कुरा पनि थाहा पाउन सकेँ ।
अहिले मलाई लाग्छ म धेरै थला पर्नुमा कतै तीन दिनसम्मको लगातारको ब्रुफिन पनि कारक पो थियो कि ?
दुखाइ केही कम भयो। त्योभन्दा पनि धेरै त ममा आत्मविश्वास बढ्न थाल्यो । करिब पाँच दिनको आराम र नियमितको औषधि सेवनपछि ज्वरो विस्तारै घट्यो ।
तर पनि कम्जोरी महुसस हुने समस्या हट्न लामो समय लाग्यो । यसबीचमा शिक्षण पेसालाई मैले फेरि निरन्तरता दिन सकेँ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९, २१:१०